गलेश्वरमा बालाचतुर्दका दिन छ लाख बढी भेटी सङकलन

khali

बेनी । म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको गलेश्वर मन्दिरमा बालाचतुर्दशी पर्वको अवसरमा रु. छ लाख भन्दा बढी भेटी संकलन भएको छ ।

बालाचतुर्दशी पर्वको अवसरमा शनिबार सतबिज छर्न आएका भक्तजनहरुले चढाएको भेटी आइतबार गनेर सार्वजनिक गरिएको हो । गलेश्वर शिवालय क्षेत्र विकास कोषका कार्यालय सचिव राम बानियाले रु. छ लाख ६१ दुई सय ८४ भेटी संकलन भएको जानकारी दिनुभयो ।

khali

बालाचतुर्दशी पर्वमा पुजाआजाका लागि ३० देखि ३५ हजार जना भक्तजन आएका कोषले अनुमान गरेको छ । परापुर्वकालदेखिनै गलेश्वरमा म्याग्दी जिल्ला र धौलागिरि क्षेत्रमै ठूलो धार्मिक मेला लाग्दै आएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताउनुभयो ।

Shreekrishna hardwear in news

कालीगण्डकी किनारमा रहेको ९ रोपनी चट्टानमा फैलिएको एउटै गोलाकार चक्रशिलाको उत्तरपूर्वी कोणमा अवस्थित मन्दिरभित्र स्वयम् उत्पत्ति ज्योतिर्लिङ्गेश्वर महादेव विराजमान भएको क्षेत्रमा प्रवेश गरेमात्रै पनि मनोकामना पूरा हुने जनविश्वास छ ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...