झिँ–टोड्के सडक स्तरोन्नति शुरु

khali

म्याग्दी, ः म्याग्दीको रघुगङ्गा, मङ्गला गाउँपालिका र बेनी नगरपालिकाको सिमा क्षेत्रमा रहेको पर्यटकीय स्थल टोड्के जोड्ने सडक स्तरोन्नति थालिएको छ ।

हिमशृङखला, सुर्योदय, पहाडी भूगोलको अवलोकनका लागि नयाँ गन्तब्यको रुपमा विकास भएको टोड्के भ्रमणमा जाने पर्यटकका साथै स्थानीयबासीको सहजताका लागि रघुगङ्गा गाउँपालिका–५ झिँ देखि सडक स्तरोन्नति शुरु भएको हो ।

रघुगङ्गा गाउँपालिका–५ का वडा अध्यक्ष मनबहादुर शेरमञ्जाले गाउँपालिकाले चालु आर्थिक वर्षमा बिनियोजन गरेको रु. ५० लाख बजेटबाट सडक फराकिलो पार्ने, घुम्ति र ग्रेड सुधार, नाली, पर्खाल निर्माणका साथै ८० मिटर ढलान गर्न लागिएको जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news
khali

“झिँ देखि टोड्के जोड्ने छ किलोमिटर सडक मध्य यसपालीको बजेटबाट अप्ठ्यारो र साघुरो ठाउँलाई सहज बनाउन उपभोक्ता समितिबाट मजदुर र डोजर परिचालन गरेर काम भैरहेको छ,” उहाँले भन्नुभयो “सडक स्तरोन्नति भएमा स्थानीयबासी र टोड्के भ्रमणमा जाने पर्यटकहरुलाई सुरक्षित र सहज रुपमा आजत जावतको सुविधा पुग्नेछ् ।”

संघीय सहरी विकास मन्त्रालयबाट बिनियोजन भएको रु. एक करोड ५० लाख बजेटबाट मङ्गला गाउँपालिकाको कुहुँ–भिरकटेरा–टोड्के र टोड्के–झिँ खण्डमा पनि स्तरोन्नति गर्न ठेक्का आव्हान भएको वडा अध्यक्ष शेरमञ्जाले बताउनुभयो । झिँ हुदै टोड्के जोड्ने पदमार्ग पनि निर्माण भइसकेको छ ।

समुन्द्रि सतहदेखि दुई हजार चार सय ३० मिटर उचाईमा रहेको टोड्केबाट गुर्जा, चुरेन, मानापाथी, धवलागिरी, निलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे र लमजुङ हिमालको लामो लर्कनलाई अवलोकन गर्न पाउनु प्रमुख विशेषता हो । हिमालसँग आँखा जुधाएर योग र ध्यानमा रमाउन सकिन्छ । यहाँ उत्पादन भएको मुला, आलु र सिमिका परिकारको स्वाद लिन सकिन्छ । स्वर्गद्वारी महाप्रभुलगायत धेरै सन्तले तपस्या गरेका टोड्केको धार्मिक महत्व पनि छ ।
डाँडाको थाप्लोमा स्वर्गद्वारी आश्रमको शाखा ‘तपोवन शिवालय’ र सिद्धथान पनि छ । शिवालय स्वर्गद्वारी आश्रम, प्यूठानको शाखा हो । स्वर्गद्धारी, शिष्यहरू पूजारी महाराज र रखाल महाराज लगायतका सन्तको मूर्ति राखिएका मन्दिरभित्र रहेका शिवलिंग र महाप्रभुले प्रयोग गरेका खराउ ऐतिहासिक सम्पदा हुन् । आश्रम परिसरमा गौशाला पनि छ ।
बेनी नगरपालिका–१० वाखेत, रघुगङ्गा गाउँपालिका–५ झिँ, बेनी नगरपालिका–५ डडुवा, मङ्गला गाउँपालिका–१ पूर्णगाउँ र कुहुँ–भिरकटेरा हुदै टोड्के जोड्ने सडक छन् । घुम्ति तथा ग्रेड नमिलेको कच्चि सडकमा बर्खा हुदा र हिउँ पर्दा यातायातका साधन चल्दैनन् । टोड्के जोड्ने सडकलाई स्तरोन्नति गरेर बाह्ै महिना नियमित यातायात सञ्चालनको व्यवस्था मिलाउन तीन वटै स्थानीय तहले प्राथमिकता दिएको जनप्रतिनिधीको भनाई छ ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...