विद्याज्योतीले जित्यो जलजलाको राष्ट्रपति रनिङ्ग शिल्ड

khali

बेनी, । मल्लाजको विद्याज्योती माविले पर्वतको जलजला गाउँपालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधी जितेको छ ।

शनिबार सम्पन्न भएको गाउँपालिकाभित्रका अन्तर विद्यालय स्तरीय प्रतियोगितामा विद्याज्योतिले १४ स्वर्ण, नौ रजत र दुई काँस्य पदक हात पारेको थियो भने न्यु होराइजन आवसीय माविले छ स्वर्ण, सात रजत र पाँच काँस्य पदक जित्दै दोस्रो भएको छ । तेस्रो अमृत प्याराडाइज एकेडमी मल्लाजले तीन स्वर्ण, एक रजत र चार काँस्य पदक जितेको छ ।

khali

प्रतियोगितामा बिजेतालाई गाउँपालिका उपाध्यक्ष दिपक आचार्य, वडा अध्यक्ष हरिविकास जिसी, प्रकाश जिसी लगायतले नगद रु. ५० हजारको साथमा रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गर्नुभएको थियो । द्धितिय र तृतिय हुने विद्यालयलाई क्रमश ः नगद रु ३० हजार र २० हजारको साथमा ट्रफि, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको थियो ।

Shreekrishna hardwear in news

तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा गाउँपालिकाभित्रका विभिन्न १४ विद्यालयले सहभागीता जनाएका थिए । प्रतियोगितामा छात्र÷छात्राको भलिबल, कबड्डी र एथलेटिक्स विद्यामा प्रतिस्पर्धा भएको थियो ।

प्रतियोगिताको समापनमा गाउँपालिका विद्यार्थीहरुमा रहेको खेल प्रतिभाको पहिचानसँगै आगामी दिनमा थप प्रोत्साहनका कार्यक्रमहरुलाई समेत प्राथमिकता दिने गाउँपालिका उपाध्यक्ष आचार्यको भनाई थियो । समापन कार्यक्रमको अध्यक्षता शिक्षा अधिकृत यज्ञप्रसाद लामिछाने र सञ्चालन प्राविधिक सहायक देवी रिजालले गर्नुभएको थियो ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...