गलेश्वरमा सतविज छर्नेको भिड

Gandaki Kotihome

बेनी

म्याग्दीको बेनी नगरपालिका–९, स्थित ऐतिहासिक धार्मिक स्थल गलेश्वरधाममा बालाचतुर्दशी पर्वको अवसरमा शनिबार बिहानै देखि सतविज छर्नेको घुइचो लागेको छ ।

पश्चिमको पशुपतिनाथको रूपमा परिचित गलेश्वरमा बालाचतुर्दशीको अवसर पारेर देशका विभिन्न ठाउँबाट आएका भक्तजनको बिहानै देखि घुँइचो लागेको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ ।

Shreekrishna hardwear in news

कोषका सदस्य सचिव बलबहादुर खत्रीले म्याग्दीका साथै पर्वत, बागलुङ, कास्की, चितवन, तनहुँ, स्याङ्जा, राजधानी काठमाडौँलगायतका स्थानबाट हजारौँ भक्तजन आएका बताए । पितृको स्मृतिमा शुक्रबार साँझदेखि रातभर बत्ती बालेर जाग्राम बसेका भक्तजनहरुले बिहानैदेखि शतबीज छरेका छन् ।

Notice about ban dadalo

धान, जौ, तिल, गहँु, चना, मकै, कागुनो मिसाएर छर्ने चलन रहेको छ । हेमाद्रि नामक धर्मग्रन्थमा “भगवान् शिव मृगरूप लिएर घुम्नुभएको पुण्यक्षेत्रमा आजका दिन एक गेडा बीज छर्दा एक गेडा सुन दान गरेबराबरको पुण्य मिल्ने र दिवङ्गत आत्माले पनि मुक्ति पाउने” उल्लेख गरिएको छ ।

बालाचतुर्दशी मेलालाई सुरक्षित र व्यवस्थित बनाउन विभिन्न २४ वटा उपसमिति परिचालन गरिएको कोषका अध्यक्ष रेग्मीले जानकारी दिए । ‘‘भक्तजनले छिटो र सहज रूपमा दर्शन तथा पूजा गर्ने व्यवस्था मिलाएका छौँ,’’ उहाँले भन्नुभयो ,‘‘शतबीज छर्न धेरै ठाउँबाट ठुलो संख्यामा भक्तजन आएकाले व्यवस्थित बनाउन सुरक्षा निकाय, प्रशासन, नगरपालिका र विभिन्न संस्थासँग समन्वय गरेका छौँ ।’’

यस पटक करिब ५० हजार भक्तजन आउने कोषको अनुमान छ । खेतीबाली भित्र्याउने र लगाउने काम सकिएको, मौसम अनुकुल र बेनी–गलेश्वर सडक कालोपत्र भएकाले भक्तजन बढ्ने अपेक्षा गरिएको छ ।

कृष्णगण्डकी किनारमा रहेको ९ रोपनी चट्टानमा फैलिएको एउटै गोलाकार चक्रशिलाको उत्तरपूर्वी कोणमा अवस्थित मन्दिरभित्र स्वयम् उत्पत्ति ज्योतिर्लिङ्गेश्वर महादेव विराजमान भएको क्षेत्रमा प्रवेश गरेमात्रै पनि मनोकामना पूरा हुने जनविश्वासले मुक्तिनाथ मन्दिरमा जाने भक्तजनले दर्शन गर्ने गरेका छन् ।

गलेश्वरका साथै म्याग्दीको धवलागिरी गाउँपालिकाको मराङवेशी, मङ्गला गाउँपालिकाको बरङ्जा दह लगायतका शिवालयहरुमा पनि बालाचर्तुदशीको मेला लागेको छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...