एचआइभी संक्रमितलाई भेदभाव, लान्छना र हिंसाको त्रास

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी, । बेनीमा बिहिबार एचआइभी एड्स सम्बन्धी भेदभाव, लान्छना र हिंसा विरुद्धको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

स्वास्थ्य कार्यालय म्याग्दीको समन्वयमा स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश पोखराले कार्यक्रमको आयोजना गरेको कार्यक्रममा एचआइभी संक्रमितको अवस्था, समस्या र भेदभाव, लान्छना र हिंसा न्युनीकरणमा सरोकारवालाहरुको भूमिकाका विषयमा छलफल भएको थियो ।

निर्देशनालयका जनस्वास्थ्य अधिकृत कमल रानाभाटले एचआइभी संक्रमितलाई समाजमा अझै पनि दोषरोपण, एक्लाउने तथा वहिष्कार र भेदभाव गरिदा उनिहरुको व्यक्तिगत र मानवीय अधिकार हनन् हुने भएकाले यसप्रति सचेत बन्नुपर्ने बताउनुभयो ।

Shreekrishna

“एचआइभी कसरी सर्छ भन्ने विषयमा समुदाय स्तरमा तथ्य र वास्तविक जानकारी नहुँदा संक्रमितहरुलाई गलत ब्यवहार भइरहेको छ,” उहाँले भन्नुभयो “जनप्रतिनिधी, सुरक्षा निकाय, सामाजिक संघ संस्था, स्वास्थ्यकर्मी र सञ्चारकर्मी मार्फत एचआइभी संक्रमितलाई मानवीय ब्यवहार गर्नुपर्ने सन्देश प्रवाह गराउन आवश्यक छ ।”

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

अर्का जनस्वास्थ्य निरिक्षक सुजता पोख्रेलले गण्डकीमा हाल दुई हजार आठ सय ३९ जना एचआइभी संक्रमितले एआरभी औषधी सेवन गरिरहेका जानकारी गराउदै औषधीको प्रयोग, संक्रमितको आत्मविश्वास र समुदायले साथ दिएमा एचआइभी संक्रमितहरु पनि सामान्य नागरिक सरह जिवन बिताउन सक्ने बताउनुभयो । म्याग्दीमा वि.स. २०८० मा ९२ जनाले एआरटी औषधी सेवन गरिरहेकामा हाल ८८ जना रहेका पोख्रेलले बताउनुभयो ।

बेनी नगरपालिकाका प्रमुख सुरत केसीले एचआइभी संक्रमितलाई पनि अन्य सामान्य नागरिकलाई व्यवहार हुने वातावरण बनाउन सचेतनामा जोड दिनुभयो । एचआईभी संक्रमित भन्ने वित्तिकै गलत किसिमले सोच्ने र व्यवहार गर्ने चलनको अन्त्य गर्ने प्रतिवद्धता जनाउनुभयो ।

स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख भुवन ठकुराठीले एचआइभी संक्रमितबाट जन्मिने बच्चाहरुमा एचआइभी नसर्ने औषधीको विकास भइसकेको र नियमित औषधीको प्रयोगबाट संक्रमितले लामो जिवन पाउन थालेको बताउनुभयो ।

भेदभाव, लान्छना र हिंसा गर्नेलाई कारबाही गर्ने कानुन समेत बनेको उहाँले बताउनुभयो । कार्यक्रमको सञ्चालन स्वास्थ्य कार्यालय म्याग्दीका सूचना अधिकृत गणेश सुवेदीले गर्नुभएको थियो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...