हेम नमुना आवसाीय माविका शिक्षकहरुलाई पुरस्कृत

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी, ११ मङसिर ः म्याग्दीको धवलागिरी गाउँपालिका–७ शिवाङमा रहेको हेम नमुना आवासीय माविका शिक्षकहरुलाई मङगलवार सम्मान गरिएको छ ।

टिकामाया स्मृति कोषले २६ जना शिक्षकहरुलाई नगद रु. दुई÷दुई हजारका दरले सम्मान गरेको हो । यसैगरी शिक्षक मणिराम थनेतलाई अतिरिक्त समयमा सेवा गरेवापत थप नगद रु. २५ हजार सहित पुरस्कृत गरिएको प्रअ सेरबहादुर केसीले बताउनुभयो ।

Shreekrishna

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा (खम्बिर), धवलागिरी गाँउपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन, उपाध्यक्ष रेशम पुनमगर,वडा अध्यक्ष अशोक खत्री, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरकुमारी बुढाथोकीले पुरस्कृत गर्नुभएको थियो ।

शिक्षकलाई सिर्जनशिल बनाउन कोषले दुई वर्यायता शिक्षकहरुलाई सम्मान गर्दैै आएको छ । गत वर्ष चार जना शिक्षकहरुलाई पुुरस्कृत गरिएकोमा यसपाली सबै शिक्षकहरुलाई पुुरस्कृत र सम्मान गरिएको प्रअ केसीले बताउनुभयो ।

कोषबाट तह र विभिन्न विधामा उत्कृष्ट विद्यार्थीहरुलाई पनि पुरस्कृत गरिएको छ । अमेरिकामा होटल व्यवसाय गर्नुहुने गुरुङले दिवंगत आमा टिकामायाको स्मृतिमा वि.स. २०७९ मा कोष स्थापना गर्नुभएको थियो ।

कक्षा १२ सम्मको पठनपाठन हुने विद्यालयमा घर टाढा र पारिवारिक समस्या भएका विद्यार्थीहरुलाई निशूल्क छात्रावासको सुविधा दिएको छ । कार्यक्रममा गायिका शान्तिरानी परियारले गित, अन्य कलाकार र विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...