पिप्लेमा माटो परिक्षण शिविर

khali

बेनी, ः रघुुगङ्गा गाउँपालिका –३ पिप्लेमा मङगलवार माटो परिक्षण शिविर सम्पन्न भएको छ ।

माटोको अवस्था पहिचान गर्ने उद्देश्यले रघुुगङ्गा गाउँपालिकाको कृषि शाखासँगको समन्वयमा कृषि ज्ञान केन्द्र म्याग्दीले शिविरको आयोजना गरेको हो । शिविरमा ७० वटा माटोको नमुना परिक्षण गरिएको थियो ।

khali

नाइट्रोजन, फसफोरस, पिएच (अम्लिय र क्षारियपन)को मात्रा पहिचान गरिएको कृषि ज्ञान केन्द्रका प्राविधिक श्यामशरण कुर्मीले बताउनुभयो । फसफोरस आवश्यकता अनुसार, नाइट्रोजन कम र पोटासको मात्रा अधिक देखिएको माटोको नमुनामा अम्लियपना भने मध्यम खालको पाइएको उहाँले बताउनुभयो ।

Shreekrishna hardwear in news

कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत गंगा लामिछाने, रघुुगङ्गा गाउँपालिकाका कृषि शाखा प्रमुख दिपक जोशी, एक जना प्राविधिक र कृषि ज्ञान केन्द्रका प्राविधिक कुर्मीको टोलीले माटो परिक्षण सम्बन्धी सेवा तथा परामर्श दिनुभएको थियो ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...