याक होटलले बेनी–गलेश्वर सडक छेउका बिरुवामा पानी हाल्न थाले

khali

बेनी, । गलेश्वरको याक होटलले बेनी–गलेश्वर सडक छेउमा गत बर्खामा रोपिएका बिरुवा संरक्षणका लागि पानी हाल्न थालेको छ ।
सुख्खा यामको सुरुवातसँगै सडक किनारामा रोपिएका बिरुवा मर्न थालेपछि याक होटलका सञ्चालक बाबुराम आचार्यको सहयोगमा कर्मचारीहरुले पानी हाल्न थालेका हुन् । याक होटलका म्यानेजिङ डाइरेक्टर बासुदेव सुवेदी र कर्मचारी हरि कडेलको टोलीले आइतबार दुई सय बिरुवामा ड्रममा पानी बोहेर बिरुवामा हाल्नुभएको थियो । हरेक हप्ता फुर्सद मिलाएर सुख्खा याममा बिरुवामा पानी हालिने कर्मचारी कडेलले बताउनुभयो ।

khali


पानीको ड्रम बोक्नका लागि कालीपुलको न्यु रिजाल सप्लार्यका सञ्चालक बिष्णु रिजालले बोलेरो गाडी उपलब्ध गराउनुभएको थियो । गत असार २९ गते म्याग्दी कोरला यातायात प्रा.लीका सवारी चालक रुद्र अधिकारीले आफ्नो जन्मदिनको अवसरमा काठमाडौबाट तीन सय वटा अशोकाको बिरुवा ल्याएर प्रहरी, यातायात ब्यवसायी र स्थानीयबासीको सहयोगमा रोपिएको थियो ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...