तोरीपानीमा सहरी स्वास्थ्य केन्द्र

Gandaki Kotihome

बेनी, बेनी नगरपालिका–९ तोरीपानीमा सहरी स्वास्थ्य केन्द्र सञ्चालन भएको छ ।

नेप्टेचौरमा रहेको वडा स्तरीय स्वास्थ्य चौकीबाट सेवा लिन अपायक पर्ने ढोलथान, धुपीबोट, ढावा, तोरीपानी र आलवाङका बासिन्दालाई लक्षित गरेर बेनी नगरपालिकाले स्वास्थ्य सञ्चालन गरेको हो ।

बेनी नगरपालिका–९ का वडा अध्यक्ष चक्र केसीले केन्द्रबाट पाँच वटा बस्तिका करिब पाँच सय घरका एक हजार सात सय जनसङख्या लाभान्वित भएका बताउनुभयो । “केन्द्रमा एक÷एक जना स्वास्थ्यकर्मी र सहयोगीको ब्यवस्थापन गरेर आधारभूत तहको स्वास्थ्य सेवा पाउने ब्यवस्था मिलाएका छौ,” उहाँले भन्नुभयो “पायक पर्ने ठाउँमा स्वास्थ्य इकाई भएपछि त्यहाँका बासिन्दालाई सहज भएको छ ।”

Upper Myagdi transmition line notice
Annapurna aarohan ko notice

तोरीपानीको पशु सेवा केन्द्रसँगैको भवनमा सञ्चालन गरिएको केन्द्रबाट खोप, स्वास्थ्य परिक्षण, परामर्श, निशूल्क औषधी वितरणलगायत स्वास्थ्य चौकी सरहको सेवा प्रवाह हुने गरेको छ ।

घर नजिकै पायक पर्ने ठाउँमा स्वास्थ्य सेवा पाउँदा सहज भएको स्थानीयबासीले बताएका छन् । यसअघि नेप्टेचौर पुग्न र घर फर्कन डेढ घण्टा भन्दा बढी समय पैदलयात्रा गर्नुपर्दथ्यो । जेष्ठ नागरिक, अशक्त, महिला, बालबालिकालाई धेरै सजिलो भएको छ ।

बेनी नगरपालिका–९ का जनप्रतिनिधीहरुले वि.स. २०७९ को स्थानीय तह चुनाव निर्वाचित भएपछि पदभार सम्हाल्ने क्रममा तोरीपानीमा सहरी स्वास्थ्य केन्द्र सञ्चालन गर्ने निर्णय गरेका थिए । चुनावको क्रममा मतदातासँग गरेको प्रतिवद्धता र वडा समितिको पहिलो निर्णय तेस्रो वर्षमा कार्यान्वयन गर्न सफल भएको हुन् । बेनपा ९ गलेश्वरमा यसअघिनै सहरी स्वास्थ्य केन्द्र सञ्चालन भएको थियो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...