अन्नपूर्णमा बजार अनुगमन, म्याद नाघेका सामान नष्ट

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको ग्रामिण क्षेत्रमा पर्ने वडा नम्बर ७ हिस्तान र वडा नं. ८ राम्चेका पसलहरुका अनुगमन गरिएको छ ।

गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनको नेतृत्वमा जिल्ला प्रशासन कार्यालयका प्रतिनिधी सहितको टोलीले सोमबार र मङगलबार दुई वटा वडाका ३६ वटा पसलको अनुगमन गरेको हो । अनुगमनका क्रममा रु. ५१ हजार नौ सय ४० मूल्य बराबरका म्याद नाघेका सामान जफत र नष्ट गरिएको अध्यक्ष पुनले बताउनुभयो ।

“डिलरहरुले म्याद सकिने समय भएको सामान गाउँमा सस्तोमा पठाउने गरेको पाइयो,” उहाँले भन्नुभयो “एक दिन अघि बिल काटेर गाउँमा पठाएको सामान पनि भेटियो । म्याद सकिन १५–२० अघि बजारमा नबिकेका सामान गाउँमा पठाउने समस्या पाइयो ।”

Shreekrishna
मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

खाने तेल, कुरकुरे, कोक, फेन्टा, स्प्राइट, जुस, बियर, चिउरा, मिठाई, माडा जस्ता विशेष गरेर बालबालिकाले र भोज भतेरमा बढी प्रयोग हुने सामग्रीहरुको म्याद नाघेको पाइएको अध्यक्ष पुनले बताउनुभयो ।

ब्यापारीहरुलाई म्याद हेरेर मात्र सामान खरिद र बिक्री गर्न आग्रह गर्दै सामान पठाउने डिलरहरुलाई पनि उद्योग वाणिज्य संघ मार्फत सचेत बनाउने उहाँले बताउनुभयो । अन्नपूर्ण गाउँपालिकाले गत वर्षदेखि ग्रामिण क्षेत्रको बजार अनुगमनलाई निरन्तरता दिदै आएको छ ।

अनुगमनका क्रममा दर्ता नभएका पसललाई दर्ता प्रक्रियामा आउन, समयमै नविकरण गर्न र सरसफाईमा ध्यान दिन सुझाव दिएको टोलीले जनाएको छ । अध्यक्ष पुन सहित प्रशासकीय अधिकृत भगवति खड्का कटुवाल, जिल्ला प्रशासन कार्यालयका नायव सुब्बा लीलाबहादुर चोखाल, वडाका जनप्रतिनिधी र कृषि शाखाका प्राविधिक सम्झना क्षेत्री सहभागी हुनुभएको थियो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...