गुर्जा जोड्ने सडकको देउरालीसम्म ट्याक खुल्यो

khali

बेनी, ः भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जा जोड्ने सडकको लुलाङ–देउराली खण्डको ट्याक (मार्ग) खुलेको छ । अल्पसंख्यक छन्त्याल र दलित समुदायको बसोबास रहेको गुर्जा म्याग्दीको छ वटा स्थानीय तहका ४५ मध्य सडक यातायातको सुविधा नपुगेको एक मात्र वडा हो ।

म्याग्दीको प्राथमिकताप्राप्त गुर्जा जोड्ने सडक योजनाको गत वर्ष भएको ठेक्का सम्झौता मार्फत लुलाङ देखि देउरालीसम्म छ किलोमिटर मार्ग निर्माण भएको धवलागिरी गाउँपालिकाको पूर्वाधार शाखाका प्रमुख लोकन्द्र रावलले बताउनुभयो ।

गत आर्थिक वर्षमा संघीय, गण्डकी प्रदेश सरकार र धवलागिरी गाउँपालिकाले रु. दुई÷दुई करोडका दरले बजेट बिनियोजन गरेको लुलाङ–गुर्जा सडक योजनाका लागि रारा तेन्जिन कन्ट्रक्सनले रु. तीन करोड ८० लाखमा ठेक्का सम्झौता गरेको थियो । तीनै तहको बजेट गाउँपालिकाले कार्यान्वयन गरेको हो ।

Shreekrishna hardwear in news

यसअघि गाउँपालिकाको केन्द्र मुना हुदै वडा नम्बर –२ लुलाङ सम्म सडक पुगिसकेको थियो । आर्थिक वर्ष २०७९÷०८० मा गाउँपालिका र गण्डकी प्रदेश सरकारको लगानीमा लमसुङ देखि लुलाङ हुदै चार किलोमिटर चार सय मिटर सडकको मार्ग निर्माण भएको थियो ।

khali

देउरालीसम्म मार्ग खुलेपछि गुर्जाका बासिन्दाहरु गाडी चढेर त्यहाँसम्म पुग्न थालेका धवलागिरि गाउँपालिका–१ का वडा अध्यक्ष झक छन्त्यालले बताउनुभयो । लुलाङ देखि देउराली सम्म पुग्न उकालोमा तीन देखि चार घण्टा हिड्नुपर्ने यात्राअवधी सडक निर्माण भएपछि ३० मिनेटमा छोटिएको उहाँले बताउनुभयो ।

जिप, ट्याक्टर, मोटरसाईकल चढेर देउराली पुग्न सकिन्छ । सडक यातायात सुविधा भएपछि आवत जावतका साथै ढुवानीमा सहज भएको छ । देउराली देखि गुर्जातर्फ सडक निर्माणका लागि चालु आर्थिक वर्षमा संघीय सरकारले दुई वटा शिर्षकमा रु. एक करोड ३५ लाख, प्रदेश सरकारले रु. ५० लाख र गाउँपालिकाले रु. ३५ लाख बिनियोजन गरेका छन् ।

सो योजनाको पनि ठेक्का आव्हानको तयारी भएको गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताउनुभयो । संघीय र गाउँपालिकाको बजेटले थप ट्याक खन्ने तथा प्रदेश सरकारको बजेटले स्तरोन्नति गर्ने तयारी गरेको गाउँपाकिलाका उपाध्यक्ष रेशम पुनमगरले बताउनुभयो । गुर्जा जोड्ने सडकमा पर्ने लमसुङ स्थित दरखोलामा प्रदेश सरकारले २५ मिटर लामो मोटरेबल पुल निर्माणका लागि ठेक्का सम्झौता गरेको छ ।

एउटै बस्ती एकै वडामा समेटिएको दुई ६५ घरधुरी रहेको गुर्जाको जनसंख्या एक हजार पाँच सय पाँच जना छ । खानी उत्खनन्का लागि आएका छन्त्याल र दलित समुदायले गुर्जामा बस्ती बसाएका इतिहाँस छ । सडकको पहुँच नहुँदा खच्चड, घोडा र भरिया मार्फत खाद्यान्न तथा निर्माण सामग्री ढुवानी गर्दा खर्च महँगो लाग्ने गरेको छ । बिरामीलाई अस्पताल पु¥याउन हेलिकप्टर चार्टर गर्नुपर्छ ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...