पुनहिलमा विद्युत र खानेपानीको समस्या

khali

बेनी, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय स्थल पुनहिलमा विद्युत र खानेपानीको समस्या भएको छ ।

खानेपानी र विद्युत सुविधाको अभावमा समुन्द्रि सतहदेखि तीन हजार दुई सय १० मिटर उचाईमा रहेको पुनहिलमा हिमाल, सुर्योदय, जङ्गल, पहाडी भूगोलको दृष्यअवलोकन गरि प्रकृतिमा रमाउन जाने पर्यटकहरुलाई समस्या भएको हो ।

घोडेपानी देखि एकाबिहानै उकालो हिडेर पुनहिल जाने क्रममा पदमार्गमा उज्यालो, मोवाइल, क्यामेरा लगायत सामग्री चार्ज गर्न बिद्युत, पिउन र शौचालयमा प्रयोग गर्ने पानी नहुँदा समस्या भएको काठमाडौबाट आएका श्याम रञ्जितकारले गुनासो गर्नुभयो ।

Shreekrishna hardwear in news

“अध्यारोमा उकालो हिड्न पदमार्गमा सडक बत्ती र मोवाइल, क्यामेरामा ब्याट्रि सकिदाँ पुनहिलमै चार्ज गर्ने सुविधा भए पर्यटकलाई सजिलो हुने थियो,” उहाँले भन्नुभयो “पानीको अभावमा शौचालय जाँदा समस्या भयो । बोकेर लगेको पानी महँगो पर्ने रहेछ् ।”

पर्यटकहरुको सहजताका लागि पदमार्ग उज्यालो बनाउन, विद्युतीय उपकरण चार्ज गर्न र केही तल रहेको मुलबाट पानी तान्ने उद्देश्यले वि.स. २०८० पुष महिनामा नेपाल विद्युत प्राधिकरण बेनी वितरण केन्द्रले घोडेपानी देखि १५ वटा पोल र एक किलोमिटर एबिसी तार तानेर पुनहिल सम्म लाइन पु¥याएपनि स्थानीयबासी र गाउँपालिकाले मिटरबक्स जडानमा बेवास्ता गर्दा बिजुली नबोलेको हो ।

khali

केन्द्रका प्रमुख सत्यनारायण गामीले स्थानीयबासीको माग अनुसार पुनहिलमा करिब रु. २५ लाख खर्चेर विजुलीको लाइन पु¥याइएको बताउनुभयो । घोडेपानी टोल सुधार समितिका उपाध्यक्ष जुली ठकुरी पुनले मिटरबक्स जडानका लागि गाउँपालिकाले बेवास्ता गरेको गुनासो गर्नुभयो ।

पुनहिलमा घोडेपानीबाट ग्यालीन, बोत्तल र ड्रममा बोकेर पानी लैजाने गरिएको छ । एक घण्टा लगाएर उकालोमा पानी बोकेर लैजानुपर्ने भएकाले पुनहिलमा तातोपानी, चिया, कफीको मूल्य बढी तिर्नुपर्दा पर्यटकले मर्कामा परेको गुनासो गरेका छन् ।

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले पुनहिलको जग्गा गाउँपालिकाको नाममा नभएकाले त्यहाँ मिटरबक्स राख्न समस्या भएको बताउनुभयो । पुनहिल र तातोपानी कुण्ड लगायत पर्यटकीय स्थलहरुमा विद्युत आपुर्तिका लागि एकै पटक पाँच वटा मिटरबक्स खरिद गर्न लागिएको उहाँले बताउनुभयो ।

चुरेन, पुथा, गुर्जा, धौलागिरि, मानापाथी, निलगिरि, अन्नपूर्ण, बराह शिखर, माछापुच्छ्रे, लमजुङ र मनास्लु हिमालका साथै सुर्योदयको अवलोकन गर्न सकिने पुनहिलमा यहाँ वार्षिक ३० हजार जनाको अनुपातमा विदेशी र त्यो भन्दा बढी आन्तरिक पर्यटकहरु पुग्ने गर्छन् ।

पुनहिल भ्रमणका लागि अन्नपूर्ण गाउँपालिकालाई नेपालीले प्रतिव्यक्ति रु. ५० र विदेशीले रु. एक सय ५० का दरले प्रवेश शूल्क तिर्नुपर्छ । चालु आर्थिक वर्षमा पुनहिल प्रवेश शूल्क र चिया पसल सञ्चालनका लागि गाउँपालकाले रु. चालीस लाख एक सयमा ठेक्का लगाएको छ ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...