धनजनताले जित्यो राष्ट्रपति रनिङ्ग शिल्ड

khali

बेनी, फलियागाउँको धनजनता माविले धवलागिरी गाउँपालिका स्तरीय पाँचौ राष्ट्रपति रनिङ्ग शिल्ड, अन्तर विद्यालय स्तरीय खेलकुद प्रतियोगिताको उपाधी जितेको छ ।

ताकममा सोमबार सम्पन्न प्रतियोगितामा नौ स्वर्ण, नौ कास्य र तीन रजत पदक सहित धनजनताले उपाधी जितेको हो । साविक बिजेता हेम नमुना आवासीय माविले पाँच स्वर्ण, सात कास्य र तीन रजत पदक सहित उपबिजेतामा चित्त बुझाएको छ ।

चार÷चार स्वर्ण, कास्य र रजत पदक जितेको ताकम मावि तेस्रो भएको धवलागिरी गाउँपालिकाका शिक्षा शाखा प्रमुख ख्यामराज सुवेदीले बताए । धनजनताले यसअघि २०७५ र २०७६ मा राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी जितेको थियो ।

Shreekrishna hardwear in news

तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा ११ वटा माध्यमिक र एक वटा आधारभूत विद्यालयले सहभागिता जनाएका थिए । भलिबल र एथलेटिक्स बिधाका २८ वटा खेल खेलाइएको थियो ।

प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमश ६० हजार, ४० हजार र ३० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् । उद्घाटनका अवसरमा भएको मार्चपासमा पनि पहिलो भएको धनजनताले नगद १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको थियो ।

khali

धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन, उपाध्यक्ष रेशम पुनमगर, प्रमुख प्रशासकीय अधिकृत मोतिप्रसाद अर्याल, वडा अध्यक्ष अशोक खत्री, देवेन्द्र रोका लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

पालिका स्तरीय प्रतियोगितामा बिजयी र छनौट भएका खेलाडीहरुलाई जिल्ला, प्रदेश हुदै राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागि हुने ब्यवस्था मिलाइने गाउँपालिकाले जनाएको छ । भूमे आधारभूत मच्छिम र जनविकास मावि मराङ पदक बिहिन भएका छन् । भूमे पहिलो पटक प्रतियोगितामा सहभागी भएको हो ।

प्रतियोगितामा जनकल्याण माविले दुई÷दुई वटा स्वर्ण, कास्य र रजत, लमसुङ माविले एक स्वर्ण, दुई कास्य र दुई रजत, वुद्धिविकास माविले चार स्वर्ण र एक रजत, चन्द्रज्योति माविले एक कास्य र चार रजत, जनजागृति माविले एक स्वर्ण र दुई कास्य, किसानी चन्द्रकुन्ता माविले एक स्वर्ण, दुई कास्य र आठ रजत पदक जितेको छ ।

गाउँपालिकाले राष्ट्रपति रनिङ्ग शिल्डमा सहभागी हुने प्रत्येक विद्यालयलाई खाना तथा आवासका लागि अधिकतम रु. ५० हजार सम्म उपलब्ध गराउने निर्णय गरेको थियो । प्राविधिक धारतर्फ इलेक्ट्रिकल इञ्जिनियर विषयको पठनपाठन गराउदै आएको ताकम माविले आफ्नो घरेलु मैदानमा भएको प्रतियोगिताको उद्घाटनका अवसरमा खेलाइएको १५ सय मिटर छात्र र छात्रातर्फ दौडमा प्रथम, दृतीय र दृतीय हुनेलाई क्रमश रु. एक हजार, सात सय ५० र पाँच सय नगद पुरस्कार प्रदान गरेको प्रअ ओमकार पौडेलले बताउनुभयो ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...