प्रदेशसभा सदस्य गौचनप्रति श्रद्धाञ्जली र शवयात्रा सहित अन्त्येष्टी

Gandaki Kotihome

बेनी ः गण्डकी प्रदेशसभा सदस्य बिमला गौचनको शनिबार गृहजिल्ला म्याग्दीको सदरमुकाम बेनीमा श्रद्धाञ्जली अर्पण गरि शवयात्रा सहित अन्त्येष्टि गरिएको छ ।

६३ वर्षीया गौचनको बिहिबार काठमाडौको ग्राण्डी इन्टरनेशनल अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । डेङ्गीबाट बिरामी भएकी गौचनलाई घरमै आराम गरिरहेको अवस्थामा बिहिबार राती हृदयघात भएपछि अस्पताल पु¥याइएको थियो ।

काठमाडौबाट ल्याइएको गौचनको पार्थिव शरिरलाई शनिबार दिउँसो श्रद्धाञ्जलीका लागि बेनीको संगमचोकमा राखिएको थियो । नेपाली काँग्रेस म्याग्दीका सभापति तथा प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा, प्रतिनिधीसभा सदस्य योगेश गौचन थकाली, संविधानसभा सदस्य रेशमबहादुर बानियाले गौचनको शरिरमाथी पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।

Shreekrishna hardwear in news

संविधानसभा सदस्य नरदेवी पुन, गण्डकी प्रदेशसभा सदस्य रेशम बहादुर जुग्जाली, हरिबहादुर भण्डारी, भक्त कुँवर, जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा सहित स्थानीय तहका जनप्रतिनिधी, प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल सहितका सुरक्षा अधिकारी तथा कार्यालय प्रमुख, राजनीतिक दलका नेता कार्यकर्ता र सर्वसाधारणहरु गौचनप्रति श्रद्धाञ्जली अर्पण र शवयात्रामा सहभागि हुनुभएको थियो ।

Notice about ban dadalo

क्याम्पसचोक स्थित स्वर्गीय गौचनको निवास देखि बेनीको न्युरोड हुदै म्याग्दी र कालीगण्डकीको दोभानमा शवयात्रा गरिएको थियो । शवयात्रामा हजारौ जना सहभागी थिए । दाहसंस्कार अघि नेपाल प्रहरीको टोलीले गौचनप्रति शोक सलामी अर्पण गरेका थिए ।

नेपाली काँग्रेसबाट समानुपातिकतर्फ गण्डकी प्रदेशसभा सदस्य मनोनित हुनुभएकी गौचनको पार्थिव शरिर शनिबार बिहान पोखरा स्थित प्रदेशसभाको सचिवालयमा श्रद्धाञ्जलीका लागि राखिएको थियो ।

गण्डकी प्रदेशका मुख्यमन्त्रि सुरेन्द्रराज पाण्डे, सभामुख कृष्ण धिताल लगायत मन्त्री र प्रदेशसभा सदस्यहरुले गौचनप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो । गौचन प्रदेशसभाका अर्थ तथा विकास समितिको सदस्य हुनुहुन्थ्यो ।

नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधी, गण्डकी प्रदेश समितिका सदस्य गौचन नेपाल महिला संघ म्याग्दीका पुर्व सभापति हुनुहुन्थ्यो । रिक गैरसरकारी संस्थाको संस्थापक गौचन होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ म्याग्दीका पुर्व अध्यक्ष हुनुहुन्थ्यो । बेनीमा उहाँको होटल यति रहेको छ । गौचनका श्रीमान रामको वि.स. २०६४ साउनमा निधन भएको थियो । गौचनका एक छोरा र एक छोरी हुनुहुन्छ ।

म्याग्दी जिल्लाले एक सक्रीय राजनीतिक र सामाजिक व्यक्ति गुमाएको महशुस जिल्लाबासीले गरेका छन् । सहयोगी भावनाकी गौचन हक्की स्वभावकी हुनुहुन्थ्यो । म्याग्दीमा स्तरीय होटल ब्यवसायको सुरुवात गराउन र पर्यटन क्षेत्रमा उहाँको विशेष योगदान छ । यसैगरी एकल महिला, बालबालिका तथा महिलाहरुको शसक्तिकरणमा पनि उहाँले योगदान गर्नुभएको छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...