म्याग्दीका पत्रकारहरुलाई क्षमता विकास तालिम

khali

टोड्के, ः म्याग्दीको पर्यटकीय स्थल टोड्केमा पत्रकारहरुको क्षमता विकास सम्बन्धी तालिम बिहिबार सम्पन्न भएको छ ।

बेनी नगरपालिकाको सहयोगमा नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको आयोजनामा दुई दिनसम्म सञ्चालन भएको तालिममा २५ जना पत्रकार तथा सञ्चारकर्मीहरुको सहभागिता थियो ।

तालिममा प्रेस काउन्सील नेपालका सदस्य केशवशरण लामिछानेले आम सञ्चार माध्यमलाई प्रविधीसँग जोड्ने, मौलिक र सिर्जनशिलता, भाषागत शुद्धता तथा पत्रकार आचार संहिताको विषयमा सहजिकरण गर्नुभएको थियो ।

Shreekrishna hardwear in news

पत्रु, झुर र शिल्ली शब्द छाडेर सिर्जनशिलता र मौलिकतामा जोड दिन लामिछानेले आग्रह गर्नुभयो । तालिमको उद्घाटन गर्नुहुदै बेनी नगरपालिकाका प्रमुख सुरत केसीले सञ्चार माध्यमबाट स्वच्छ आलोचना, नागरिकका गुनासा र समस्याको उजागर तथा सरोकारवालाको ध्यानाकर्षण गराउन भूमिका खेल्न आग्रह गर्नुभयो ।

khali

पत्रकार महासंघ म्याग्दीका पुर्व अध्यक्ष समेत रहेका केसीले सञ्चार सामग्रीहरुलाई प्रविधि मार्फत नागरिकसम्म पुग्ने बनाउनुपर्ने बताउदै सामाजिक सञ्जालमा निराशा बाड्ने र आलोचना मात्रा गर्नुभन्दा रचनात्मक सल्लाह सुझाव दिनुपर्ने बताउनुभयो ।

रघुगङ्गा गाउँपालिका–५ का वडा अध्यक्ष मनबहादुर शेरमञ्जा र बेनी नगरपालिका–१० का वडा अध्यक्ष मसबिर रोकाले स्थानीय स्तरमा भएका गतिबिधीहरुको सार्वजनिकरणसँगै सम्भावनाको पहिचान र समस्याको उगागर तथा समाधानको खोजीका केन्द्रित हुन आग्रह गर्नुभयो । उहाँहरुले ग्रामिण क्षेत्रमा केन्द्रित हुन पत्रकारहरुलाई आग्रह गर्नुभयो ।

टोड्के हिल रिसोर्ट तथा होमस्टे प्रा.ली.का सञ्चालक भिम शेरचनले टोड्केको प्रर्वद्धनका साथै त्यहाँसम्म पुग्ने सडकलाई सहज बनाउन जनप्रतिनिधीहरुको ध्यानाकर्षण गराउनुभयो । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष प्रकाश पौडेलको अध्यक्षता र सचिव सन्तोष गौतमको सञ्चालनमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष हरिकृष्ण गौतमले स्वागत गर्नुभएको थियो ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...