प्रदेश सांसद गौचनको पार्थिव शरिर मङसिर १ गते बेनी ल्याइने

khali

बेनी, । डेङ्गुका कारण बिहिबार उपचारका क्रममा काठमाडौमा दिवंगत हुनुभएकी गण्डकी प्रदेशसभा सदस्य बिमला गौचनको मङसिर १ गते बेनीमा दाहसंस्कार गरिने भएको छ ।
काठमाडौको ग्राण्डी इन्टरनेशनल अस्पतालमा दिवंगत गौचनको शव शुक्रबार दिउँसो ४ देखि ६ बजेसम्म बालाजुको थकाली समाजघरमा राखेर श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको छ ।

मङसिर १ गते बिहान ७ देखि ९ बजेसम्म पोखरामा गण्डकी प्रदेशसभामा स्वर्गीय गौचनप्रति श्रद्धाञ्जली अर्पण गरिने सोही दिन दिउँसो १ बजे पार्थिव शरिरलाई बेनी ल्याएर श्रद्धाञ्जली अर्पण र धार्मिक संस्कार अनुसार दाहसंस्कार गर्ने तालिका रहेको नेपाली काँग्रेस म्याग्दीले जनाएको छ ।

khali

६३ वर्षीय गौचन नेपाली काँग्रेसबाट गण्डकी प्रदेशसभामा समानुपातिक तर्फ सदस्य मनोनित हुनुभएको थियो । वि.स. २०१८ मंसिर १८ गते मुस्ताङको थासाङ गाउँपालिकामा जन्मनुभएका गौचन नेपाली काँगेसको महाधिवेशन प्रतिनिधी, नेपाल महिला संघ म्याग्दीका पुर्व सभापति हुनुुहुुन्छ ।

Shreekrishna hardwear in news

गौचनका एक छोरा र छोरी हुुनुुहन्छ । गौचनका श्रीमान राम गौचनको वि.स. २०६४ मा निधन भएको थियो । होटल तथा रेष्टुरेष्ट ब्यवसायी संघ म्याग्दीका पूर्व अध्यक्ष गौचनले बेनीमा विगत ३० वर्षदेखि यति होटल सञ्चालन गर्दै आउनुभएको थियो । बेनीको रिक संस्थाका संस्थापक रहनुभएकी गौचन एकल महिला अधिकारको क्षेत्रमा पनि अगुवाई गर्दै आउनुभएको थियो ।

गौचनको शव बिहिबार अस्पतालमै राखिएको छ । अमेरिकामा रहेका छोरा आएपछि दाहसंस्कार गर्न बेनी ल्याइने पारिवारिक स्रोतले जनाएको छ ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...