गण्डकी प्रदेशसभा सदस्य बिमला गौचन रहनुभएन्

khali

बेनी, गण्डकी प्रदेशसभा सदस्य बिमला गौचनको निधन भएको छ ।

६३ वर्षीया गौचनको काठमाडौको ग्राण्डी अस्पतालमा उपचारको क्रममा बुधबार राती १२ बजे निधन भएको नेपाली काँग्रेस म्याग्दीका पूर्व सभापति तथा संविधानसभा सदस्य रेशमबहादुर बानियाले पुष्टि गर्नुभयो ।

khali

म्याग्दीको बेनी नगरपालिका–८ निवासी ६३ वर्षीय गौचनको डेङ्गुका कारण निधन भएको बानियाले बताउनुभयो । नेपाली काँग्रेसबाट गण्डकी प्रदेशको समानुपातिक सांसद हुुनुुहुुन्थ्यो ।

Shreekrishna hardwear in news

वि.स. २०१८ मंसिर १८ गते मुस्ताङको थासाङ गाउँपालिकामा जन्मनुभएका गौचन नेपाली काँगेसको महाधिवेशन प्रतिनिधी, नेपाल महिला संघ म्याग्दीका पुर्व सभापति हुनुुहुुन्छ । गौचनका एक छोरा र छोरी हुुनुुहन्छ । गौचनका श्रीमान राम गौचनको वि.स. २०६४ मा निधन भएको थियो ।

होटल तथा रेष्टुरेष्ट ब्यवसायी संघ म्याग्दीका पूर्व अध्यक्ष गौचनले बेनीमा विगत ३० वर्षदेखि यति होटल सञ्चालन गर्दै आउनुभएको थियो । गौचनको शव अस्पतालमै राखिएको छ । काँग्रेसका नेता र आफन्तहरुको अस्पतालमा भिड लागेको छ ।अमेरिकामा रहेका छोरा आएपछि धार्मिक संस्कार अनुसार सद्गद गरिने पारिवारिक स्रोतले जनाएको छ ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...