बेनीमा छात्रा फुटबल हुदै

Gandaki Ghumau

बेनी, । मङसिर दोस्रो साता बेनीमा जिल्ला स्तरीय (अन्तर मावी) छात्रा रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता हुने भएको छ ।

छात्रा फुटबल प्रतिभाको पहिचान गर्ने उदेश्यले लायन्स क्लब अफ बेनी लभ्लीहिलको आयोजनामा मंसिर १३ देखि १५ गतेसम्म प्रथम लायन्स कप अन्तर माध्यमिक विद्यालय (कक्षा १० सम्म) छात्रा रनीङ्ग शिल्ड फुटबल प्रतियोगिता हुन लागेको हो ।

लायन्स क्लब अफ बेनी लभ्लीहीलका अध्यक्ष सोहन श्रेष्ठले छात्रा फुटबल प्रतियोगिताको तयारीलाई तिब्रता दिएको बताउनुभयो ।

Shreekrishna
Gunasthariya Shiksya

“प्रसारप्रसार सहित आवश्यक तयारीमा जुटेका छौ, छात्रा फुटबलका लागि म्याग्दीमा रहेका राम्रा प्रतिभालाई यो प्रतियोगिता अवसर समेत रहेकोले हामीले हरेक बर्ष प्रतियोगिता आयोजना गर्ने गरी तयारी गरेका छौ,” उहाँले भन्नुभयो “म्याग्दीका सबै विद्यालयलाई पत्राचार गरेका छौ ।”

प्रतियोगिताको विजेताले ३५ हजार, उपविजेता २० हजार रुपियाँ नगद सहित मेडल, ट्रफी र प्रमाणपत्र र अनु्शासित टिमलाई ५ हजार रुपियाँ नगद प्रदान गरिने छ । उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट प्रशिक्षक र राइजिङ प्लेयरलाई नगद सहित पुरस्कृत गरिनेछ ।

छात्रा फुटबल प्रतियोगिता निरन्तर सञ्चालन गर्नकालागि जिल्ला फुटबल संघ म्याग्दी र लायन्स क्लब अफ बेनी लभ्लिहिबिच यस अघिनै सम्झौता भएको जिल्ला फुटबल सङ्घ म्याग्दीका अध्यक्ष कुमार बानियाँले जानकारी दिनुभयो । लायन्स क्लब अब बेनी लभ्लिहिलको आयोजनामा हुने छात्रा फुटबल प्रतियोगिताको मुख्य प्रायोजन दि रियल म्याग्दी (अस्ट्रेलीया) ले गर्ने अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...