दाना–घाँसा खण्डको सडक कालोपत्र गरिदै

khali

बेनी, ः राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजना अन्र्तगत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ को दाना खण्डमा कालोपत्र गर्न थालिएको छ ।
११ मिटर फराकिलो बनाइएको सडकमा टेवा पर्खाल, नालि निर्माण, घुम्ती, लेभर मिलाउने, सब बेस, बेस राख्ने काम सकिएपछि थप छ किलोमिटर दुरीमा डिबिएसडी प्रबिधिको कालोपत्र गर्न थालिएको हो ।

वि.स. २०७४ मा शर्मा–गजुरमुखी जेभीले नागढुङ्गा–कैकुखोला खण्डको १६ दशमलब पाँच किलोमिटर सडक कालोपत्र सहित स्तरोन्नति गर्न ठेक्का रु. ६३ करोडमा ठेक्का सम्झौता गरेको थियो ।

निर्माण कम्पनीका आयोजना व्यवस्थापक नरेन्द्र न्यौपानेले यसअघि पहिलो कोड बिछ्याएको ठाउँमा दोस्रो कोड राखिएको र बाँकी खण्डमा पनि कालोपत्रको काम शुरु गरिएको बताउनुभयो ।

Shreekrishna hardwear in news

“हामी निर्माण कम्पनीका कर्मचारी, प्राविधिक र मजदुरहरु तिहार र छठ पर्वमा पनि घर नगई सडक कालोपत्रको तयारी गरेका थियौ,” उहाँले भन्नुभयो “घाँसा र दाना खण्डमा दोस्रो कोड राख्ने काम सकेर छ किलोमिटर दुरीको सडकलाई कालोपत्रको लागि सब बेस र बेस बिछ्याएर तयार बनाएका छौ ।”

मुस्ताङको कैकुखोला देखि घाँसा क्षेत्रमा गत बर्ष दुई किलोमिटर कालोपत्र भएको थियो । म्याग्दी र मुस्ताङको सिमानामा पर्ने काभ्रे, घोप्टे र बादरजुङ भिरको पहाडमा एक किलोमिटर छ सय मिटर सडकलाई फराकिलो बनाएर ढलान गरिएको छ ।

९० प्रतिशत भौतिक प्रगति भएको सडक निर्माणको काम सम्पन्न गरेर आयोजनालाई हस्तान्तरणको तयारी गरेको आयोजना व्यवस्थापक न्यौपानेले बताउनुभयो । कोरोना महामारी, बाढी, पहिरो, कटान, बिमाको दावी प्रक्रीया र सडकको क्षेत्राधिकारमा पर्ने भौतिक संरचना हटाउन भएको ढिलाईका कारण सडक निर्माण प्रभावित भएको हो ।

khali

अन्नपूर्ण गाउँपालिका–३ का वडा अध्यक्ष रमेश पुर्जाले बर्षाैको प्रयास र प्रतिक्षापछि कालोपत्र हुन थालेकोमा खुसी व्यक्त गर्दै सडकको अवस्था सुधार हुने अपेक्षा गरेको बताउनुभयो । निर्माणाधिन सडक अलपत्र हुँदा हिलो, धुलो र खाल्डाखुल्डीले यात्रु तथा स्थानीयबासीलाई सास्तीका साथै दुर्घटनाको जोखिम बढेको थियो ।

पर्वतको मालढुुङ्गा देखि म्याग्दी हुदै मुुस्ताङ स्थित चीनको सिमाना कोरला नाका जोड्ने दुई सय दुई किलोमिटर दुुरिको सडक दुुई लेनको कालोपत्र र ग्राभेल बनाउन वि.स. २०७३÷०७४ देखि शुुरु भएको योजनाको हालसम्म ८४ प्रतिशत भौतिक प्रगति भएको छ । रु १० अर्ब लागत अनुमान गरिएको यो सडक आव २०७९÷८० मा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो ।

एक सय पाँच किलोमिटर कालोपत्र गर्ने लक्ष्य रहेकामा हालसम्म ९६ किलोमिटर कालोपत्र, पाँच किलोमिटर ढलान र ८५ किलोमिटर ग्राभेल भएको आयोजनाका सूचना अधिकारी बिष्णुु चापागाईले बताउनुभयो ।

२४ वटा मोटरेबल पुल निर्माण गर्नुपर्नेमा १९ वटाको ठेक्का लागेको, १० वटा निर्माण सकिएको, पाँचवटा निर्माणाधीन, पाँचवटाको ठेक्का तोडेको र पाँचवटा पुल ठेक्का प्रक्रियामा जान बाँकी छ ।

निर्धारित समयमा काम सम्पन्न हुन नसकेपछि आयोजना अवधिलाई आव २०८२÷८३ सम्म लम्ब्याइएको छ । सडक र पुल निर्माणका लागि रु सात अर्बको ठेक्का सम्झौता भएकामा गत असारसम्म रु छ अर्ब खर्च भएको छ ।

भारत र चिनलाई जोड्ने चार सय ३५ किलोमिटर दुरिको कालीगण्डकी करिडोर सडकलाई गण्डकी प्रदेशको भाग्यरेखा मानिएको छ । सडकले पुर्वाधार, आर्थिक, व्यापारिक, जलविद्युत, पर्यटन र धार्मिक स्थलको विकासका लागि महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...