शैक्षिक सुधारका लागि जलजलाले कार्ययोजना बनायो

Gandaki Kotihome

बेनी, । पर्वतको जलजला गाउँपालिकाले शैक्षिक सुधारका लागि १० बुदे कार्ययोजना बनाएको छ ।

कास्कीको लुम्ले स्थित कृषि अनुसन्धान केन्द्रमा तीन दिनसम्म सञ्चालन भएको कार्यशाला गोष्ठिबाट कार्ययोजना बनाइएको हो । शनिबार सकिएको गोष्ठिले शिक्षामा नमुना स्थानीय तह बनाउनका लागि कार्ययोजना बनाएको जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले बताउनुभयो ।

“शैक्षिक क्षेत्रको समग्र सुधारको लागि खाका बनाएका छौ,” उहाँले भन्नुभयो “प्रविधिको प्रयोगसँगै विद्यार्थीको सिकाई उपलब्धी वृद्धिमा केन्द्रित हुन बनाएको कार्यायोजना तत्कालै कार्यान्वयन हुन्छ ।” योजना कार्यान्वयन गर्न नौ वटा विषयगत समितिहरु पनि गठन भएको छ ।

Upper Myagdi transmition line notice

शैक्षिक सुधारका लागि गाउँपालिकाले बनाएको कार्यबिधीको विषयमा कार्यक्रममा सहभागी जनप्रतिनिधी, प्रधानाध्यापक र विषयगत शिक्षकलाई अभिमुखीकरण गरिएको थियो । ४४ वटा विद्यालयका प्रअ र विषयगत शिक्षक सहित ७० जनाको सहभागिता रहेको थियो ।

Annapurna aarohan ko notice

कार्यक्रममा सिटिएफ नेपालका अध्यक्ष बद्री दाहाल र सहायक प्रशिक्षक दिनेश थापाले सहजिकरण गर्नुभएको थियो । शिक्षा अधिकृत यज्ञप्रसाद लामिछानेको सञ्चालनमा सम्पन्न कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्य लगायत जनप्रतिनिधीहरुको पनि उपस्थिति रहेको थियो । प्रअ र शिक्षकहरुले कार्यबिधी तथा कार्ययोजना कार्यान्वयन गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि जलजला गाउँपालिकाको दोस्रो कार्यकालमा निर्वाचित जनप्रतिनिधीहरुले प्राथमिकताका साथ विभिन्न कार्यक्रम गरेका छन् । विद्यार्थीको वास्तविक सिकाई उपलब्धी र सिकाईमा देखिएका समस्या पहिचान गरि सुधार गर्न
सबै विद्यालयका लागि एउटै प्रश्नपत्र तयार पारि फरक विद्यालयका शिक्षकलाई केन्द्राध्यक्ष खटाउनुका साथै उत्तर पुस्तिकालाई गाउँपालिकामा संकलन गरेर जाँच गरेको छ ।

शिक्षाको गुणस्तर वृद्धि गर्ने उद्देश्यले त्रैमासिक परिक्षा पनि पालिका स्तरमा सञ्चालन गरिएको छ । विद्यार्थीको परिक्षा नतिजा सफ्टवयरमा राख्ने, विद्यालय तथा विषयगत रुपमा विष्लेषण गरेर राखेका छन् ।

जलजला गाउँपालिकाले २०८० भदौमा सबै विद्यालयमा पुगेर अभिभावक शिक्षा कार्यक्रम सञ्चालन गरेको थियो । वि.स. २०७९ मा पालिकाका सबै विद्यालयहरुको एकै दिन र समयमा उपलब्धी मापन परिक्षा सञ्चालन गरेको थियो । शिक्षकहरुलाई क्षमता विकास तालिम सञ्चालन गरेको छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...