बैंकर्स संघमा नवराज

Gandaki Ghumau

बेनी, । नेपाल बैंकर्स संघ म्याग्दीको अध्यक्षमा नवराज ढुंगाना सर्वसम्मति चयन हुनुभएको छ ।

बेनपा ४ सिंगामा बुधबार साँझ सम्पन्न भएको प्रथम अधिवेशनबाट बरिष्ठ उपाध्यक्ष सोकेन्द्र थापामगर (ग्लोबल आइएमई बैंक), द्धितिय उपाध्यक्ष सुदिप घिमिरे (मुक्तिनाथ विकास बैंक), सचिव नारायण सापकोटा (सिद्धार्थ बैंक), कोषाध्यक्ष मुरारी रिजाल (प्राईम कमर्सियल बैंक) र सह–सचिव मिलन कुमार श्रेष्ठ (कुमारी बैंक) चयन हुनुभएको छ ।

Gunasthariya Shiksya

त्यसैगरी सदस्यहरूमा सुमित सुबेदी (सिटिजन्स बैंक), मानप्रसाद शर्मा (माछापुछ्रे बैंक) र आशिष पौडेल (कृषि विकास बैंक) रहेको अध्यक्ष ढुंगानाले जानकारी दिनुभयो । राष्ट्रिय बाणिज्य बैंक बेनी शाखाका प्रबन्धक ढुंगाना संघको तदर्थ समितिका अध्यक्ष हुनुहुन्थ्यो ।

Shreekrishna

संघमा बाणिज्य, बिकास बैंकसँगै म्याग्दीमा क्रियाशिल लघुवित्त संस्थालाई समेत समावेश गर्ने गरी दुई सदस्य खाली राखिएको छ । यसैबीच तर्दथ समितिका निर्वतमान बरिष्ठ उपाध्यक्ष कमलप्रसाद ढुंगाना गरिमा बिकास बैंकको रिजनल प्रमुखमा पदोन्नती भएकोमा बधाई ज्ञापन गरिएको थियो ।

अध्यक्ष ढुंगानाले बैंकिङ पहुँच विस्तार र वित्तीय साक्षरता अभिवृद्धिसँगै जिल्लामा हुने विभिन्न गतिविधिमा सहयोग गर्ने प्रतिबद्धता जनाए । यसअगाडी तर्दथ समिति हुदाँ समेत संघले समुदायस्तरमा पुगेर विभिन्न रचनात्मक कार्यहरु गरेको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...