बेनीमा पनि छठ पर्व मनाइयो

khali

बेनी, हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनी बजारमा पनि बिहिबार छठ पर्व मनाइएको छ । म्याग्दीमा बसोबास गर्ने तराइबासी नेपाली र भारतीय नागरिकले बेनीमा छठ पर्व मनाएका हुन् ।

बेनी नगरपालिका–८ स्थित कालीगण्डकी नदी किनारमा मिथिलाञ्चलबासीले छठी देवीको पुजाआजा र नदीमा गएर अर्घ दिएका छन् । सूर्यदेवको उपासना गरेर हरेक वर्षको कार्तिक शुक्ल चतुर्थी देखि सुरु भएर सप्तमीसम्म मनाइने छठले धार्मिक र सामाजिक सद्भावको सन्देश दिएको छ ।

बिहिबार साँझ कालीगण्डकी नदी किनारमा पुजाआजा र अर्घ दिएका उनिहरुले शुक्रबार बिहानै उदाउदो सुर्यलाई अर्घ दिने तयारी गरेका छन् । छठको पुजाका लागि तीन दिनसम्म पानी पनी नखाई ब्रत बसेका थिए ।

Shreekrishna hardwear in news
khali

नुहाइ धुवाई शुद्ध बस्त्र लगाएर ब्रत बस्ने गरिएको बेनीमा ब्यवसाय गर्दै आउनुभएका सञ्जय ठाकुरले बताउनुभयो । नाङ्लो, कनसुप्ती, ढकना, सरबा लगायत राखिएका प्रसाद लिएर नदी किनारमा उभिएका उनिहरुले सूर्यलाई अर्घ चढाएका थिए ।

ठकुआ, भुसवा, केरा, नरिवल, उखु, सुन्तला, कागती, फर्सी, सिंगारा, पान, सुपारी, धूप, दीप, अरतक, पात, चना आदीको प्रसाद बनाएर चढाएका थिए । छठ मनाउन जम्मा भएका मिथिलाञ्चलबासीहरुलाई बेनीमा बसोबास गर्ने अन्य समुदायले शुभकामना दिएका थिए ।

छठको पुजा गरेको देखेर अनौठो मानेका थिए । आफ्नै जन्मथलोमा जसरी बिधिपुर्वक छठ मनाएका थिए । म्याग्दीका विभिन्न ठाउँमा करिब दुई सय जना तराइबासीहरु छन् । व्यवसायिक र पारिवारिक कारणले घरमा जान नपाएकाहरुले बेनीमै छठ पर्व मनाएको शोभा देवीले बताउनुभयो ।

बेनीका करिब एक सय जना मिथिलाञ्चलबासीहरु यसपाली छठ मनाउन आफ्नो जन्मथलो गएका र नगएकाहरुले बेनीमै मनाएको मनिषा देवीले बताउनुभयो । वि.स. २०६७ बर्षदेखि तराइबासीहरुले म्याग्दीमा छठ मनाउन थालेका हुन् । सरकारले बि.स. २०७६ फागुनमा म्याग्दीलाई हिमाली जिल्लामा सुचिकृत गरेको थियो ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...