मंगला क्याम्पसको देउसी भैलोमा रोका दिदिबहिनीबाट करिब छ लाख सहयोग

Gandaki Kotihome

बेनी, । मंगला गाउँपालिका–२,बावियाचौर लाम्पाटामा रहेको मंगला शिक्षा क्याम्पसको देउसी भैलोमा एकैपरिवारका दिदिबहिनीहरुले प्रवासबाट करिब रु. छ लाख सहयोग गरेका छन् ।

क्याम्पसले दुई करोडको मुद्दती÷अक्षयकोष तथा आर्थिक सङ्कलन अभियानमार्फत समुदाय स्तरमा सञ्चालन गरिरहेको देउसी भैलोमा अमेरिका र युकेमा रहेका डा. रेखा रोका, डा.रंजना रोका र डा. स्वस्ती रोकाले रु. एक लाख ९२ हजारका दरले रु. ५ लाख ७६ हजार सहयोग गर्नुभएको हो ।

मंगला गाउँपालिका अध्यक्ष एवम् क्याम्पसका सम्मानार्थ संरक्षक सतप्रसाद रोका, क्याम्पस सञ्चालक समितिकी उपाध्यक्ष एवम् आर्थिक संकलन उपसमिति संयोजक यसोदा रोकाका तीन छोरीले कोषमा नगदै उक्त सहयोग गरेको क्याम्पस सञ्चालक समिति अध्यक्ष यामबहादुर थापाले बताउनुभयो ।

Upper Myagdi transmition line notice

देउसी भैलोमार्फत रोका दिदी बहिनीहरुबाट सबैभन्दा धेरै सहयोग प्राप्त भएको उहाँले बताउनुभयो । रोका परिवारबाट क्याम्पसका लागि हालसम्म रु. १४ लाख एक हजार ५० सहयोग प्राप्त भएको छ । देउसी भैलोमा बुधबारसम्म रु. ४० लाखभन्दा बढी सहयोग जुटेको छ ।

देउसीभैलो अभियान अगाडी नै कोषमा रु. १३ लाखभन्दा बढी आर्थिक संकलन भइसकेको थियो । घरायसी समस्याले सहर बजारमा गएर पढ्न नसकेका छोरी बुहारीलाई वरदान नै बनेको क्याम्पसले आर्थिक संकटमा समेत समुदायमै पुगेर अहिलेसम्म गरेको शैक्षिक तथा भौतिक सफलताको सन्देश सुनाउँदै विभिन्न माध्यमबाट आर्थिक सङ्कलनको अभियान सञ्चालन गर्ने गरेको क्याम्पस प्रमुख पितमबहादुर खत्रीले बताउनुभयो ।

Annapurna aarohan ko notice

‘गाउँका बृद्धबृद्धा क्याम्पस सञ्चालन भएकोमा खुसी हुदैं आफ्नो पेन्सन, छोराछोरीको कमाई र बचत बाट खुलेर सहयोग गर्नुभएको छ, हामीले बिहीबारसम्म सम्पूर्ण विवरण सार्वजनिक गछौं’ क्याम्पस प्रमुख खत्रीले भने ।

मंगला गाउँपालिकाभित्रका ३७ सय घरधुरीबाट स्वदेश तथा विदेशमा रहेकालाई प्रत्यक्ष तथा भर्चुअल माध्यमबाट क्याम्पसको शैक्षिक कोषमा सहयोग जुटाउने अभियान लक्ष्य प्राप्ति भएसम्मका लागि जारी रहने क्याम्पस सञ्चालक समितिकी उपाध्यक्ष एवम् आर्थिक संकलन उपसमिति संयोजक यसोदा रोकाले बताउनुभयो ।

समुदायबाटै प्राप्त सहयोगबाट सञ्चालित क्याम्पसले यो अभियानमार्फत पूर्व कालिन प्राध्यापकलाई तलब सुविधा, क्यूएए प्रक्रियाका पूर्वाधारहरू तयार गर्न, गरिब तथा विपन्न वर्गका विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्न, क्याम्पस र समुदायको सम्बन्ध बलियो बनाउन समेत देउसीभैलो अभियान प्रभावकारी भएको बताइएको छ ।

क्याम्पसले रु. १२ लाख सहयोग गर्नेलाई संरक्षक, रु. सात लाख सहयोग गर्नेलाई सम्मानार्थ संरक्षक, रु. एक लाख सहयोग गर्नेलाई आजीवन सदस्य, रु. ५० हजार सहयोग गर्नेलाई वरिष्ठ सदस्य र रु. ५० हजारभन्दा कम सहयोग गर्नेलाई क्याम्पस सभा सदस्य प्रदान गर्ने जनाइएको छ ।
म्याग्दीको पश्चिम क्षेत्रमा कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई सदरमुकाम वा जिल्लाबाहिर थप अध्ययनका लागि जानुपर्ने अवस्थाको अन्त्य गर्न क्याम्पसको पूर्वाधार अभियानमार्फत संकलित आर्थिकबाट बाबियाचौरकै लाम्पाटामा ३३ रोपनी जग्गासमेत खरिद गरी क्याम्पसको भवन, प्रशासनिक भवन, छात्रावास सहितको संरचना समेत बनेको छ ।

हाल शिक्षा शास्त्र सङ्कायमा स्नातक तहमा दुई सय ४० जना विद्यार्थी अध्ययनरत छन् । सहरमा पढ्न जान खर्च नभएर छाडेका धेरै छोरी बुहारीलाई वरदान साबित भएको क्याम्पस समुदायको जगमै स्थापित भएको क्याम्पसले विश्वविद्यालयले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रणाली(क्यूएए) प्रमाणपत्र प्राप्तिको अभियानमा समेत जुटेको छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...