मङ्गला शिक्षा क्याम्पसको अक्षयकोषका लागि देउसीभैलो

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बाबियाचौर । बाबियाचौरमा रहेको मङ्गला शिक्षा क्याम्पसले अक्षय कोष स्थापना गरी ग्रामीण क्षेत्रका विद्यार्थीहरुलाई गाउँमा नै उच्च शिक्षा प्रदान गर्ने उद्देश्यले देउसी खेलेर अर्थ सङ्कलनको प्रयास गरेको छ ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

मङ्गला गाउँपालिकाको बाबियाचौर लाम्पाटामा सञ्चालित क्याम्पसमा कोष खडा गर्न बुधबार भएको देउसीभैलो कार्यक्रममा रु. दुईलाख ७५ हजार सङ्कलन भएको क्याम्पस प्रमुख पितमबहादुर खत्रीले बताउनुभयो । देउसीमा जिल्ला समन्वय समितिका उपप्रमुख डिलकुमारी खत्रीले पनि साथ दिनुभएको थियो ।

गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले क्याम्पसको नियमित आयस्रोत नहुँदा अध्यापकलाई तलबको व्यवस्था गर्न पनि समस्या परेका बेला कोषवृद्धिका निम्ति देउसीभैलो कार्यक्रम गरी समस्या समाधानको प्रयास हुनु सराहनीय भएको बताउनुभयो । पालिकाका तर्फबाट क्याम्पसलाई सक्दो सहयोग हुने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...