बेनीमा धन्वन्तरी तथा आरोग्य दिवस मनाइयो

khali

बेनी । बेनीमा बुधबार धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइएको छ ।

वन जङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीनतम् वैदिक चिकित्सापद्धति आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरीको उत्पत्ति भएको सम्झनामा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र म्याग्दीको आयोजनामा दिवस मनाइएको हो ।

प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशी (कागतिहार)का दिन धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाउने गरिन्छ । औपचारिक कार्यक्रमका साथै जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको कार्यालय परिसरमा रहेको धन्वन्तरीको मुर्तीमा पुजाआजाका साथै माल्यार्पण गरिएको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले आयुर्वेदको विकासमा धवन्तरिको योगदान रहेको बताउदै आयुर्वेदिक चिकित्साको महत्व अझै रहेको बताउनुभयो ।

Shreekrishna hardwear in news

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख कमलराज अधिकारीको अध्यक्षता, कविराज निरिक्षक दामोदर शर्माको सञ्चालन र वैद्य निरिक्षक प्रेमप्रसाद गौतमको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा जिल्ला मालपोत कार्यालय म्याग्दीका प्रमुख साधनाकुमारी श्रेष्ठले पनि मन्तब्य व्यक्त गर्नुभएको थियो ।

khali

देव र असुर मिली नागको नेती र मन्दराचल पर्वतको मदानी बनाई समुन्द्र मन्थन गर्दा रोगग्रस्त व्यक्तिको रोग निवारणका लागि कार्तिक कृष्ण त्रयोदशीका दिन अमृत कलश लिएर भगवान् धन्वन्तरीको उत्पत्ति भएको चर्चा वैदिक सनातन हिन्दू धर्मशास्त्रका ग्रन्थमा गरिएको छ ।

काठमाडौँको नरदेवीमा आयुर्वेद क्याम्पसको स्थापना भएपछि नेपालमा विधिवत् धन्वन्तरी जयन्ती मनाउन थालिएको थियो । विसं २०२९ देखि भने त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानअन्तर्गत आङ्गिक क्याम्पसका रुपमा सञ्चालनमा रहेको छ । आयुर्वेद क्याम्पस हाल कीर्तिपुरमा सरेको छ ।

आयुर्वेद क्षेत्रका व्यक्तिहरुको पहलमा विसं २०५६ देखि धन्वन्तरी जयन्तीको दिनलाई आरोग्यता दिवसका रुपमा पनि मनाउन थालिएको हो । हातमा वैदिक हिन्दू दर्शनका चार उपवेदमध्येको आयुर्वेदको पुस्तक र प्रकृतिले दिएको औषधिको प्रतीकका रुपमा जडीबुटी लिएका भगवान् धन्वन्तरीलाई आयुर्वेद चिकित्सा क्षेत्रका संस्थापक मानिन्छ ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...