रघुगंगामा पाँच जलविद्युत आयोजना निर्माणको अन्तिम चरणमा

khali

सन्तोष गौतम
बेनी, ः म्याग्दीको रघुगंगा गाउँपालिमा एक सय ६७ दशमलब तीन मेगावाट क्षमताको पाँच वटा जलविद्युत आयोजना निर्माणको अन्तिम चरणमा पुगेका छन् ।

संसारको सातौ (८,१६७ मिटर) अग्लो धवलागिरी हिमालको फेदीमा मुहान रहेको राहुघाट र सहायक नदीहरुमा निर्माणाधिन आयोजनाहरुले एकैसाथ विद्युत उत्पादनको तयारी गरेका हुन् ।

तीन वटा आयोजनाको भौतिक प्रगति ८० प्रतिशत भन्दा बढी रहेको रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभयो । ५० प्रतिशत निर्माण सकिएको २२.५ मेगावाट क्षमताको ठूलोखोला जलविद्युत आयोजनाले पनि आगामी एक वर्ष भित्रनै विद्युत उत्पादनको तयारी गरेको छ ।

Shreekrishna hardwear in news

“८५ प्रतिशत भन्दा बढी भौतिक प्रगति भएको ४८ मेगावाट क्षमताको अपर राहुघाट, ३७.५ मेगावाट क्षमताको मंगले राहुघाट र २१.३ मेगावाटको ठूलोखोला जलविद्युत आयोजना एकै साथ सम्पन्न हुने चरणमा छन,” उहाँले भन्नुभयो “४० मेगावाट क्षमताको राहुघाट र २२.५ मेगावाट क्षमताको माथिल्लो ठूलोखोलाको निर्माणले पनि गति लिएको छ ।”

राहुघाटले एक वर्षभित्र उत्पादन शुरु गर्ने

नेपाल विद्युत प्राधिकरणको सत प्रतिशत लगानीमा स्थापित रघुगंगा हाइड्रोपावर लिमिटेड प्रर्वद्धक रहेको राहुघाट जलविद्युत आयोजनाले सन २०२५ मार्च महिनाभित्र विद्युत उत्पादन शुरु गर्ने कार्ययोजना सहित काम गरिरहेको आयोजना व्यवस्थापक राज विष्टले बताउनुभयो । गत साउनमा छ किलोमिटर दुई सय ७० मिटर लामो सुरुङको ब्रेक थ्रु भएको राहुघाटको बाँध र विद्युतगृहको अधिकांश संरचना निर्माण सकिएको छ ।

तुदी पावरका दुई आयोजना

अपर राहुघाट र मंगले राहुघाटको प्रर्वद्धक तुदी हाइड्रोपावरका आवासीय ईञ्जिनियर प्रकाश तिमिल्सीनाले दुई वटै आयोजनाको सुरुङ निर्माण सकिएको, विद्युतगृह, बाँध निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । राहुघाटको बाँध देखि करिब चार सय मिटर माथि अपर राहुघाटको विद्युतगृह छ ।

करिब रु. १४ अर्ब लागतमा वि.स. २०७७ मा मंगले राहुघाट र राहुघाट जलविद्युत आयोजना निर्माण शुरु भएको थियो । चार देखि पाँच महिनाभित्र विद्युत उत्पादन गर्ने लक्ष्य सहित निर्माण कार्यलाई तिब्रता दिएको अपर राहुघाटका ईञ्जिनियर नरोत्तम कार्कीले बताउनुभयो ।

प्रशारण लाइनको पर्खाइमा ठूलोखोला

khali

संयुक्त उर्जा लिमिटेड प्रर्वद्धक रहेको २१ दशमलब दुई मेगावाट क्षमताको ठूलोखोला जलविद्युत आयोजनाकोले पूर्वाधार निर्माणको काम सकेको छ । मन्त्रिपरिषद्को यही कात्तिक ८ गतेको बैठकले ठूलोखोला जलविद्युत आयोजनाको २२० के.भि. क्षमताको प्रशारण लाइन आयोजना निर्माणको लागि छ दशमलब शूल्य छ हेक्टर राष्ट्रिय वन क्षेत्रको जग्गा प्रयोग गर्न स्विकृति दिने निर्णय गरेको थियो । यो आयोजनाले प्रशारण लाइन र सवस्टेशनको प्रतिक्षा गरेको छ ।

२२.५ मेगावाट क्षमताको माथिल्लो ठूलोखोला जलविद्युत आयोजनाका आवासीय ईञ्जिनियर सञ्जीव न्यौपानेले बाँध, पेनस्टक पाइपलाईन निर्माणलाई तिब्रता दिइएको र विद्युतगृह निर्माण सुरु भएको आयोजनाको ६० प्रतिशत भौतिक प्रगति भएको बताउनुभयो ।

माथिल्लो ठूलोखोला बाहेकका आयोजनाबाट उत्पादीत बिद्युत केन्द्रिय प्रशारण लाइनमा जोड्न रघुगंगा–३ अम्बाङको राहुघाट सबस्टेशनबाट केन्द्रिय ग्रिडमा जोडिनेछ । माथिल्लो ठूलोखोलाको बिजुली भने दाना स्वटेशनमा लैजान प्रशारण लाइन निर्माण थालिएको छ ।

राहुघाट र आसपासका खोलाहरुमा पाँच दशमलब पाँच मेगावाट क्षमताको बगरखोला, चार दशमलब ७५ मेगावाटको स्यानोखोला, चार दशमलब ९० मेगावाटको अपर ठुलोखोला र १५ मेगावाटको माथिल्लो ठुलोखोला जलबिद्युत आयोजना निर्माणको अन्तिम चरणमा छन् ।

प्रशारण लाइन र सवस्टेशन निर्माणाधिन
नेपाल विद्युत प्राधिकरण मार्फत म्याग्दी र राहुघाट नदीमा निर्माणाधिन तथा निर्माणको क्रममा रहेका आयोजनाबाट उत्पादन हुने विद्युतलाई राष्ट्रिय प्रणालीमा आवद्ध गराउन एशियाली विकास बैंकको ऋणमा सवस्टेशन र प्रशारण लाइन निर्माणाधिन छन् ।

मालिका गाउँपालिका–७ विम देखि रघुगंगा गाउँपालिका–३ राहुघाटको अम्वाङ जोड्ने १३२ केभी क्षमताको प्रशारण लाइन र दुवै ठाँउमा सवस्टेशन निर्माणका लागि सन २०२१ को डिसेम्वर ३१ मा भारतीय कम्पनी लार्सन एण्ड टियुब्रो (एलएनटी) सँग २६ मिलियन अमेरिकी डलरमा ठेक्का सम्झौता भएको थियो ।

निर्धारित ३० महिनामा काम सम्पन्न नभएपछि ठेकेदार भारतीय कम्पनी लार्सन एण्ड टियुब्रो (एलएनटी)सँगको सम्झौताको म्याद १५ महिना थपिएको छ । आयोजना प्रमुख रोशन अग्रवालले गत जुलाई १६ मा सकिएको ठेक्का सम्झौताको म्याद आगामी २०२५ को नोभेम्बर १६ सम्म थप भएको जानकारी दिनुभयो ।

“३० महिनाको अवधिमा समग्रमा ५० प्रतिशत भन्दा बढी भौतिक प्रगति भएको छ,” उहाँले भन्नुभयो “राहुघाटमा कमजोर भूवनोट र विपद्को जोखिम, वन क्षेत्रमा टावर निर्माणका लागि अनुमति पाउन भएको ढिलाई र केही टावर निर्माण स्थलमा समुदायको बिवादका कारणले आयोजना निर्माण अवधी लम्बीएको हो ।”

१३३÷३३ केभी, ३० एमभिए क्षमता र एआइएस प्रबिधिको उपकरण जडान गरिने डाडाखेत सवस्टेशनको सिभिल तर्फको ६० प्रतिशत भौतिक प्रगति भएको छ । भूमिगत पानी र पहिरो प्रभावित राहुघाटमा सवस्टेशनको डिजाइनमा समस्या भएकाले ठेक्का सम्झौताको २७ महिनापछि गत जेठ महिनादेखि नेपाली सहायक ठेकेदार डिएल स्ट्रक्चरले काम थालेको थियो ।

२२०÷१३२÷३३ केभी, २०० एमभिए क्षमताको उपकरण जडान हुने जिआइएस प्रविधिको राहुघाट सबस्टेशनमा उपकरण राख्ने र कार्यालयको भवन बनाउन जग्गाको प्लट बनाउने कामलाई तिब्रता दिएको एनएलटीका आयोजना ब्यवस्थापक सुवासचन्द्र शर्माले बताउनुभयो ।

अम्बाङमा सव स्टेशन बनाउन पाँच वर्षअघि ९० रोपनी जग्गा अधिग्रहण भएको थियो । एक सय ३२ केभी क्षमताको डबल सर्किट प्रशारण लाइनको ८२ वटा टावर मध्य हालसम्म करिब ४० वटा वटा निर्माण सकिएको छ । ्

रघुगंगा गाउँपालिकाको वडा नम्बर ३, बेनी नगरपालिकाको ९, १०, मंगला गाउँपालिकाको वडा नम्बर १, मालिकाको वडा नम्बर ६ र ७ मा प्रशारण लाइनको टावर निर्माण स्थल हुन् । म्याग्दी नदीमा १७२.८ मेगावाट क्षमताको चार वटा जलबिद्युत आयोजना निर्माण शुरु भएका छन् ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...