पर्वतको हम्पालमा विद्युत सुविधा विस्तार

Gandaki Kotihome

बेनी, । पर्वतको सवैभन्दा उच्च स्थानमा रहेको पर्यटकीय स्थल हम्पालमा विद्युत सुविधा विस्तार भएको छ ।

जलजला र मोदी गाउँपालिकाको साझेदारी तथा नेपाल विद्युत प्राधिकरण पर्वत वितरण केन्द्रको प्राविधिक सहयोगमा सोमबार हम्पालमा विद्युतीकरण गरिएको हो । जलजला गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्यले मोदीको लेसपार देखि हम्पालसम्म ३७ वटा विद्युतका पोल र एक हजार पाँच सय मिटर तार तानेर बिजुली लगिएको जानकारी दिनुभयो ।

हम्पाल कालञ्जर क्षेत्रमा विद्युतीकरणका लागि जलजला र मोदी गाउँपालिकाकाबाट चालु आर्थिक वर्षमा बिनियोजन भएको रु. एक÷एक लाख बजेट कार्यान्वयनका लागि नारन सापकोटा अध्यक्ष र टिका पुन सचिव रहेको उपभोक्ता समिति गठन भएको थियो ।

Shreekrishna hardwear in news

जलजलाका अध्यक्ष राजु प्रसाद आचार्य र मोदीका अध्यक्ष हिरादेवी पौडेलको समन्वयमा नेपाल विद्युत प्राधिकरण कुश्मा शाखाले तार उपलब्ध गराएको थियो । तिहार पछि विजुली उद्घाटन गरिने उपाध्यक्ष आचार्यले बताउनुभयो ।

Notice about ban dadalo

तीन हजार तीन सय मिटर उचाईमा रहेको हम्पालमा यसअघि जलजला गाउँपालिकाबाट सडक पुगिसकेको छ । मोदी गाउँपालिकातर्फबाट पदैलमार्ग तयार भएको छ । हम्पालमा रेष्टुरेन्ट पनि सञ्चालन भएको छ ।

हिन्दू धर्मग्रन्थमा पवित्र तपोभूमिका रूपमा व्याख्या गरिएको कालञ्जर पर्वतलाई अहिले हम्पाल भनेर पनि चिनिन्छ । हिमालय पर्वतका राजा र उनकी पुत्री पार्वतीसँग जोडिएको यो क्षेत्र पवित्र भूमि र तपस्यास्थलका रूपमा रहेको मानिन्छ । राजर्षि जडभरतले यस क्षेत्रमा तपस्या गरेको पुराणमा उल्लेख गरेको पाइन्छ । एकपटक कालञ्जरमा रहेको मृग सरोवरमा स्नान गरेर त्यहाँ रहेका भगवान् शिवको दर्शन गरेमा मात्रै पनि स्वर्गलोकमा जान पाइन्छ भन्ने मान्यता छ ।
सो पर्वतलाई बराहपुराणले भगवान् शिवको बासस्थानका रूपमा व्याख्या गरेको छ । तकालीगण्डकी नदीसँग जोडिएको उक्त पर्वतको जलजला र मोदी गाउँपालिकामा पर्दछ । यसको केही भाग म्याग्दीको अन्नपूर्ण गाउँपालिकासँग पनि जोडिएको छ । यो क्षेत्र प्राचीन धर्मग्रन्थहरूमा ‘मृग सरोवर’ र सीमसार क्षेत्रका रुपमा उल्लेख छ ।

हनुमानले यही क्षेत्रबाट जडीबुटी लगेर औषधोपचारमा प्रयोग गरेको मुक्तिनाथ पिठाधिश्वर स्वामी कमलनयनाचार्यको दाबी छ । स्वामी कमलनयनाचार्यले केही समय कालञ्जर भूमिमै तपस्या गरेका थिए । नीरमसी, पाँचऔलो सतुवालगायत बहुमूल्य जडीबुटी प्रशस्त पाइने जलजला क्षेत्रको जङ्गलमा कालो वर्णको मृग, घोरल, चितुवा, भालु, डाँफे, मुनाल, कालिजलगायत पशुपक्षीको बसोबास छ ।

मातातीर्थ औँशीका दिन दिवङ्गत बुबाआमाको श्राद्ध गर्न जलजलामा जाने चलन छ । पूजाआजाका लागि नीरकण्ठेश्वर शङ्कर भगवान्को मन्दिर बनाइएको छ । कालञ्जर शब्दको अर्थ समय वा कालमाथि विजय प्राप्त गरेको भन्ने हुन्छ । प्राचीन धर्मग्रन्थका अनुसार मृत्यु र समयलाई जित्नका लागि सिद्ध तपस्यास्थल वा तीर्थभूमिको नाम नै कालञ्जर हो भनिन्छ । विभिन्न शब्दकोषले कालाञ्जर भनेको पौराणिक पर्वत र तीर्थका रूपमा व्याख्या गरेका छन् । अग्निपुराण, विष्णुपुराण र श्रीमद्भागवत् महापुराणले राजर्षि जडभरतको तपस्थली र उनका तीन जन्मसँग जोडेर कृष्णगण्डकीको सान्निध्यमा रहेको पवित्र भूमिका रूपमा कालञ्जरको व्याख्या गरेका छन् ।

सो क्षेत्रको अध्ययन अनुसन्धान गरिरहेका डा जगन्नाथ रेग्मीका अनुसार महर्षि जडभरतले कालञ्जरसँगै जोडिएको म्याग्दीको पौलस्य आश्रम र गलेश्वरधाममा तपस्या गरेको र कालो मृगका रूपमा कालञ्जरमा घुमेको कुरा धर्मग्रन्थमा पाइन्छ । बराहपुराणमा भगवान् शिवको निवासस्थलका रूपमा यसलाई व्याख्या गरेको पाइन्छ भने त्यहाँ रहेका भगवान् शिवको दर्शन गरे मात्रै कृष्णगङ्गा स्नानको फल मिल्छ भन्ने उल्लेख छ । स्कन्दपुराणको काशीखण्डअन्तर्गत पृथ्वी तलका मुक्तिप्रदायक मुख्य तीर्थस्थलमा सो क्षेत्रको महिमा उल्लेख गरिएको छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...