जलजलाको एम्बुलेन्सबाट तीन महिनामा डेढ सयले सेवा लिए

khali

बेनी, । जलजला गाउँपालिकाले लक्षित बर्गका लागि सञ्चालन गरेको निःशुल्क एम्बुलेन्स सेवाबाट तीन महिनाको अवधिमा करिब डेढ सय जना लाभान्वित भएका छन् ।

साउन देखि असोज महिनासम्म एक सय ४६ जनाले सेवा लिएका निशूल्क एम्बुलेन्स सञ्चालनका लागि स्थापना गरेको सचिवालयले जनाएको छ ।

गर्भवति, सुत्केरी, जेष्ठ नागरिक, असहाय गरिब र अपाङ्गगता भएकाहरूका लागि स्वास्थ्य संस्था जान आउन गाउँपालिकाले गत साउन देखि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउँदै आएको छ ।

Shreekrishna hardwear in news

चालु आवको असोज महिनासम्म गाउँपालिकाले घोषणा गरेको लक्षित बर्गको निःशुल्क सेवा ७९ जनाले लिएका छन् । यसैगरी ६७ जनाले सःशुल्क सेवा लिएका छन् । यो अवधिमा पैसा तिरेर सेवा लिएकाहरुबाट रु. दुई लाख ३१ हजार तीनसय ९० संकलन भएको गाउँपालिकाले जानकारी दिएको छ ।

गाउँपालिकाबाट संचालित एम्बुलेन्स सेवा प्रयोग गरेर यो अवधिमा काठमाण्डौंं स्थित अस्पतालमा ४ जना, भरतपुर चितवन अस्पतालसम्म १, पोखरा अस्पताल सम्म ८० जना, बागलुङ अस्पताल सम्म १९ जना ,पर्वत कुस्मा अस्पताल सम्म ४ जना, म्याग्दीको बेनी अस्पताल सम्म ३६ जना र जलजला गाउँपालिका भित्र २ जनाले सेवा लिएका छन् ।

प्रतिवेदनमा तीनमहिनाको अवधिमा सेवा लिएका सेवाग्राहीको छुटाछुट्टै विवरण समेत सार्वजनिक गरिएको छ । जस अनुसार साउन महिनामा जम्मा ४१ जनाले एम्बुलेन्स सेवा लिएका छन् । जस अनुसार सःशुल्क एम्बुलेन्स सेवा लिएवापत २४ जनाबाट ७७ हजार एकसय ९० रुपियाँ संकलन भएको छ ।

khali

निःशुल्क सेवा लिनेहरुमा अपाङ्ग १ जना,ज्येष्ठ नागरिक ७ जना,सुत्केरी÷गर्भवती ६ जना,असाय गरिब २ र अन्य १ जनाले एम्बुलेन्स सेवा लिएका छन् । यसैगरी भदौं महिनामा २४ जनाले सःशुल्क र २५ जनाले निःशुल्क एम्बुलेन्स सेवा गरी ४९ जनालाई गाउँपालिकाबाट एम्बुलेन्स सेवा प्रदान गरिएको छ । सःशुल्क सेवा लिए वापत ८४ हजार ८ सय रुपियाँ संकलन भएको छ । सो अवधिमा ज्येष्ठ नागरिक १२ जना,सुत्केरी÷गर्भवती ७ जना,असाय,गरिब ३ जना र अन्य ३ जनाले सःशुल्क सेवा लिएका छन् ।

असोज महिनामा गाउँपालिकाले घोषणा गरेको लक्षित बर्ग निःशुल्क सेवा लिनेको संख्या ३७ र सःशुल्क सेवा लिने १९ जना गरी ५६ जनाले एम्बुलेन्स सेवा पाएका छन् । सो अवधिमा सःशुल्क सेवा लिनेबाट ६९ हजार चारसय रुपियाँ संकलन भएको छ । ज्येष्ठ नागरिक १२ जना,सुत्केरी÷गर्भवती ५ जना, असाय, गरिब १५ जना र अन्य ५ जनाले एम्बुलेन्स सेवा लिएका छन् ।
चालु आर्थिक वर्षको साउन देखि गाउँपालिकाले ५ किसिमका लक्षित समुदायलाई एम्बुलेन्स सेवा निःशुल्क उपलब्ध गराउँदै आएको छ । एम्बुलेन्स, विपद् व्यवस्थापन, सेवा प्रवाह, गुनासोलाई व्यवस्थापन गर्न गाउँपालिका कार्यालय परिसरमा सचिवालय समेत स्थापना गरिएको छ ।

‘तोकिएको समयमा गर्भजाँच, स्वास्थ्य संस्थामा सुरक्षित प्रसूति सेवामा पहुँच बढाएर मातृ शिशु मृत्युदर घटाउने र नागरिकको स्वास्थ्य अवस्थामा सुधार ल्याउनका लागि सञ्चालित एम्बुलेन्स सेवा जलजलामा प्रभावकारी भएको गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यले बताउनुभयो ।

चालु आर्थिक वर्षको तीन महिनाको अवधिको सेवा प्रवाहको समिक्षा गर्दै आगामी दिनमा अझ व्यवस्थित र प्रभावकारी रुपमा एम्बुलेन्स सेवा सञ्चालन गरिएको उहाँको भनाई छ । सञ्चालन भएको एम्बुलेन्स सेवाबाट गाउँपालिकामा बसोबास गर्नुहुने लक्षित बर्गलाई राहत मिलेको उहाँले बताउनुभयो ।

एम्बुलेन्स सेवा सञ्चालन भएपछि छरिएर रहेको ग्रामिण भू–भागमा भनेको समयमा विरामीहरुले अन्य सवारी साधन नपाउने समस्या र चर्को शुल्क भुक्तानी गर्नुपर्ने बाध्यताको अन्त्य भएको गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्यको भनाई छ ।

वडा कार्यालयको सिफारिसमा सचिवालयका कर्मचारीहरूले समन्वय गरेर एम्बुलेन्स सेवा उपलब्ध गराउने, विपद् व्यवस्थापन र सेवा प्रवाहमा सहजीकरण गर्ने व्यवस्था मिलाइएको छ । पैसा नलाग्ने १८१०५०००१६८ नम्बरको टोलफ्रिका साथै एम्बुलेन्स चालकलाई २४ सै घण्टा सम्पर्क गरेर सेवा लिन सक्ने व्यवस्था मिलाइएको उपाध्यक्ष आचार्यले बताउनुभयो ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...