म्याग्दीमा ग्रामिण बजार विकास परियोजना शुरु

khali

बेनी, । म्याग्दीमा पोषणयुक्त खाद्यान्नको खेती विस्तार र बजारीकरणमा सघाउने उद्देश्यले ग्रामिण बजार विकास परियोजना शुरु भएको छ ।

दातृ संस्था आईडिई नेपालको सहयोगमा मिलन म्याग्दीले बेनी नगरपालिका, मंगला र मालिका गाउँपालिकामा सन २०२५ को नोभेम्बर महिनासम्म परियोजना लागू गरेको हो ।

परियोजनाको बारेमा सोमबार बेनीमा आयोजित कार्यक्रममा जानकारी गराइएको थियो । खाद्यान्न, तरकारी र फलफुल बालीको उत्पादन पछि भण्डारण र प्रसोधनका क्रममा हुने क्षति कम गर्ने प्रमुख उद्देश्य रहेको परियोजना अधिकृत गरिमा पुनले बताउनुभयो ।

Shreekrishna hardwear in news
khali

परियोजना लागू भएका पालिकाको वडा तथा वस्तीमा रहेका कृषक समूहहरुको क्षमता विकास, नयाँ प्रविधिमा पहँच विस्तार, सिप हस्तान्तरण गरिने भएको हो । मझौला तथा साना महिला उद्यमीहरुलाई परियोजनाले प्राथमिकता दिने मिलन म्याग्दीका अध्यक्ष दिलमाया बिटालुले बताउनुभयो ।

जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले उद्घाटन गर्नुभएको कार्यक्रममा परियोजना लागू भएका स्थानीय तहका प्रमुख, उपप्रमुख, कृषि ज्ञान केन्द्र लगायत सरोकारवाला निकाय, कृषक समूहका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...