मोना युकेको नयाँ कार्यसमिति चयन

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी । म्याग्दी प्रवासी नेपाली संघ (मोना), राष्ट्रिय कार्यकारी समिति बेलायत (युके)को आठौ अधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको हो ।

पदम सुन्दर गर्बुजाको अध्यक्षतामा दुई वर्षे कार्यकालका लागि सर्वसम्मत कार्यसमिति चयन भएको हो । समितिको वरिष्ठ उपाध्यक्षमा लाल पुन, उपाध्यक्षमा बिष्णु भण्डारी, महिला उपाध्यक्षमा गंगा रोका, महासचिवमा मन्दिप जुग्जाली, सचिवमा रविन्द्र रोका, कोषाध्यक्षमा मनोज पुन, सहकोषाध्यक्षमा नारायण पुन चयन हुनुभएको छ ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

सदस्यहरुमा मदन राना, श्रीप्रसाद पुन, गोपाल छन्त्याल, धन पुन, शिला थापा, उदिमा बुढा, मिन पुर्जा, मिना बुढाथोकी, तक्लाल पुन, मनमाया पुन, गुनदेवी पुन निर्वाचित हुनुभएको छ । शनिबार अधिवेशन भएको थियो ।

Shreekrishna

सोही अवसरमा तारा गर्बुजा मगरको अध्यक्षतामा मोना युथ यूके पनि गठन भएको छ । मोना युथ युकेको उपाध्यक्षमा अर्जुन पुन, खिमबाबु भण्डारी, सचिवमा रविन मगर, सहसचिवमा नेत्रमान मगर र कोषाध्यक्षमा धन पुन चयन हुनुभएको छ ।

रोजगारी, अध्ययन, ब्यवसाय र अन्य कामको शिलशिलामा बेलायतमा बसोबास गर्ने म्याग्देलीहरुको साझासँग मोनाले त्यहाँ अप्ठ्यारोमा परेका म्याग्देलीहरुलाई सघाउनुका साथै जिल्लाको शिक्षा, स्वास्थ्य, संस्कृति संरक्षण, खेलकुद लगायतका क्षेत्रमा पनि योगदान पु¥याएका छन् ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...