ओमकुमारी शान्ति कोषको नयाँ कार्यसमिति चयन

khali

बेनी, । ओमकुमारी शान्ति कोष म्याग्दीको नयाँ कार्यसमिति चयन भएको छ ।

संस्थाको शनिबार बेनीमा सम्पन्न दशौ वार्षिक साधारणसभा तथा पाँचौ अधिवेशनबाट सन्दिप खत्रीको अध्यक्षतामा कार्यसमिति चयन भएको हो ।

समितिको बरिष्ठ उपाध्यक्षमा खम थापामगर, प्रथम उपाध्यक्षमा लोकेश पुनमगर, महासचिवमा बिनय श्रेष्ठ, कोषाध्यक्षमा दिपक श्रेष्ठ र सचिवमा नेत्रराज सुवेदी चयन हुनुभएको छ ।

Shreekrishna hardwear in news

सदस्यहरुमा टकसरा राना, मिना राम्जाली, राजेन्द्र आचार्य, कृष्ण जिसी, नन्दु पाइजा, कमल खत्री, सन्तोष गौतम र विरेन्द्र श्रेष्ठ चयन हुनुभएको निर्वाचन समितिका संयोजक चन्द्रकुमार केसीले जानकारी दिनुभयो ।

निवर्तमान अध्यक्ष हरिकृष्ण गौतमको अध्यक्षता र महासचिव बिनय श्रेष्ठको सञ्चालनमा सम्पन्न कार्यक्रमको जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रममा जिसस प्रमुख थापा, प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले विपन्नको उपचारमा सघाउदै आएको संस्थाको गतिबिधीलाई निरन्तरताको सुझाव दिनुभयो ।

khali

कार्यक्रममा गैरसरकारी संस्था महासंघ म्याग्दीका अध्यक्ष दिपक पौडेल, कोषको सहयोगमा उपचार गरेकी सावित्री थापाले मन्तब्य व्यक्त गर्नुभएको छ । बोनम्यारो रोगबाट थलिएकी बेनी नगरपालिका–४ की ओमकुमारी पुन (शान्ति)को उपचारका क्रममा निधन भएपछि उहाँको उपचारका लागि दाताले दिएको खर्च हुन बाँकी रकमबाट वि.स. २०७१ मा कोष स्थापना गरिएको थियो ।

संस्थाले हालसम्म जटिल रोगबाट थलिएका तीन सय ४८ जना बिरामीहरुलाई स्वास्थ्य संस्थामा पुग्न र उपचारका लागि अक्षयकोषबाट रु. ५३ लाख २५ हजार पाँच सय ३१ र अभियान बाट रु. दुई करोड छ लाख २४ हजार सात सय २८ सहयोग गरेको साधारणसभामा प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

पछिल्लो कार्यसमितिको दुई वर्ष कार्यकालमा कोषको ब्याजबाट ६९ जनालाई रु. चार लाख ६८ हजार र अभियानबाट रु. ६३ हजार एक सय ९५ सहयोग गरेको छ । संस्थाको कोषमा रु. एक करोड ३६ लाख ७६ हजार दुई सय ६९ बचत रहेको छ । रु. एक करोड ५० लाखको अक्षयकोष स्थापना गर्ने लक्ष्य राखेको संस्थाले र कोषको ब्याजबाट विपन्न बिरामीको उपचारमा सघाउदै आएको छ ।

कोषमा आठ सय ९१ जना आजिवन, दुई जना गोल्ड संरक्षक, दुई जना टिटिनियम संरक्षक सदस्य, २९ जना डायमण्ड संरक्षक सदस्य र आठ वटा संरक्षक सदस्य छन् ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...