सशस्त्र प्रहरी बल नेपाल आश्रित गुम्म म्याग्दीको छैठौ स्थापना दिवस

khali

गलेश्वर ः बेनी नगरपालिका–९ गलेश्वरमा रहेको सशस्त्र प्रहरी बल, नेपाल आश्रित गुल्मको शुक्रबार छैटौ वार्षिकोत्सव मनाइएको छ ।

वार्षिकोत्सवको अवसरमा जवानहरुको मेस भवन उद्घाटन, पुरस्कार वितरण र शहिद परिवारलाई सम्मान गरिएको थियो । सशस्त्र प्रहरी बल नेपाल नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालयका बाहिनीपति प्रहरी नायव महानिरीक्षक कुलबहादुर नेम्वाङले कार्यक्रम र मेस भवन उद्घाटन गर्नुभएको हो ।

वि.स. २०५९ पुष १९ गते दाङको कुशुममा कर्तब्य पालनाको शिलशिलामा साहदत प्राप्त गरेका बेनी नगरपालिका–३ तोराखेतका प्रहरी वरिष्ठ हवल्दार स्व. नरबहादुर खत्रीका आमा जसमति खत्री र धवलागिरी गाउँपालिका–२ खोरीयाका शसस्त्र प्रहरी हवल्दार स्व. बलविर पुर्जाकी आमा निर्मला (नरिमा)लाई शसस्त्र प्रहरी नायव महानिरीक्षक नेम्वाङले दोसल्लो ओढाएर सम्मान गर्नुभएको थियो ।

Shreekrishna hardwear in news

वार्षिकोत्सवको अवसरमा विपद् व्यवस्थापन वेश नारच्याङका सशस्त्र प्रहरी कर्मचारीहरुबीच भएको दुई माईल दौड प्रतियोगितामा बिजयी भएका डम्मर शाही र हतियार ह्याण्डलीङ प्रतियोगितामा बिजयी केशव शर्मालाई चण्डकी गणका गणपति शसस्त्र प्रहरी उपरीक्षक राजेन्द्र थापाले पुरस्कृत गर्नुभएको थियो ।

khali

गुम्म र मातहतको विपद् व्यवस्थापन वेश नारच्याङका सुरक्षाकर्मीहरुबीच भएको हाजिरी जवाफ प्रतियोगितामा विजयी टोलीको तर्फबाट सन्तोष पाण्डेलाई प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले पुरस्कृत गर्नुभएको थियो । वार्षिकोत्सवको अवसरमा गलेश्वर मन्दिर परिसरमा सरसफाई पनि गरिएको थियो ।

कार्यक्रममा शसस्त्र प्रहरी नायव महानिरीक्षक नेम्वाङले कोरला नाकाको प्रवेशद्धार बेनी–जोमसोम सडकमा नियमित यातायात सञ्चालन, बाढी पहिरो, कटान र आगलागीको अवस्थामा उद्दार तथा राहत तथा जनताको जिउधनको सुरक्षामा म्याग्दी आश्रित गुल्म र नारच्याङ वेश क्याम्पबाट काम भइरहेको बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी ढकालले सुरक्षा निकाय र निजामती सेवाको क्षेत्रमा म्याग्दीका युवा युवतिहरुलाई सहभागीता बढाउन आवश्यक देखिएको बताउनुभयो । गुल्मपति सशस्त्र प्रहरी नायव उपरिक्षक नवराज नेपालले गुल्मका गतिबिधीको बारेमा जानकारी गराउदै सहभागीहरुलाई धन्यवाद सहित कार्यक्रम समापन गर्नुभएको थियो ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...