पात्लेमा साझा सुविधा केन्द्रको भवन निर्माण

khali

पात्ले, ः भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको मालिका गाउँपालिका–३ पात्लेमा साझा सुविधा केन्द्रको भवन निर्माण भएको छ ।

मालिका गाउँपालिका र स्थानीयबासीको रु. ११ लाख लगानीमा करिब एक सय जना क्षमताको भवन निर्माण भएको हो । उपभोक्ता समितिका अध्यक्ष बालकुमारी रोकाले भवनलाई सामुहिक उद्यम व्यवसाय सञ्चालनका लागि साझा सुविधा केन्द्रको रुपमा प्रयोग गरिने बताउनुभयो ।

भवनबाट पात्ले र लुम्पीपार टोलका एक सय ५० घरधुरी लाभान्वित भएका छन् । भेला, बैठक, तालिम, गोष्ठि, सभा सञ्चालनका लागि सहज भएको छ । हालै केन्द्रिय प्रशारण लाइनको बिद्युत र तीन वर्षअघि कच्चि सडक पुगेको पात्लेगाउँ मालिकाको अन्य वस्तिको तुलनामा पिछडिएको बस्ति हो ।

Shreekrishna hardwear in news
khali

यसअघि भेला, बैठकका लागि चौतारी, व्यक्तिका घर, विद्यालयमा पुग्नुपर्ने समस्या थियो । सिपमुलक तालिम सञ्चालनका लागि स्थान अभाव भएको थियो । बिवाह, छेवारको भोजभतेर र सांस्कृतिक कार्यक्रमका लागि पनि सामुदायिक भवन प्रयोगमा ल्याइएको छ ।

पछिल्लो दुई वटा आर्थिक वर्षमा मालिका गाउँपालिकाले रु. पाँच÷पाँच लाख बजेट बिनियोजन गरेर बनाएको भवन परिसरमा सार्वजनिक शौचालय बनाउन पहल गरिएको वडा अध्यक्ष मोतिप्रसाद बुढाले बताउनुभयो । भवनको सोमबार गण्डकी प्रदेशसभा सदस्य तथा पुर्वमन्त्रि रेशम बहादुर जुग्जालीले उद्घाटन गर्नुभएको थियो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...