बेनी–पाखापानी सडकको एक्लेपिपल–जम्रेनी खण्ड स्तरोन्नति

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी, ः म्याग्दीको बेनी नगरपालिका–६ को एक्लेपिपल देखि जम्रेनी क्षेत्रमा मार्ग खुलेको २५ वर्षपछि सडक कालोपत्र भएको छ ।

बेनी नगरपालिकाले बेनी–पात्लेखेत सडक आयोजना मार्फत एक्लेपिपल देखि जम्रेनी क्षेत्रको सडक कालोपत्र र ढलान सहित स्तरोन्नति गरेको हो । बेनी नगरपालिका–६ का वडा अध्यक्ष कृष्णसिंह बानियाले सडक स्तरोन्नति भएपछि आवत जावत गर्न सहज, सुरक्षित, छिटोका साथै हिलो र धुलोबाट मुक्ति मिलेको बताउनुभयो । यहाँ वि.स. २०५६ मा सडकको ट्याक खोलिएको थियो ।

यो सडक निर्माणका लागि गत आर्थिक वर्ष २०८०÷०८१ मा रु. एक करोड ३४ लाख ६६ हजार नौ सय २९ मा ठेक्का लिएको श्रमजिवी निर्माण सेवाले सम्पन्न गर्न नसकेपछि म्याद थपिएको थियो ।

Shreekrishna

सात सय मिटर प्रिमिक्स प्रबिधिको कालोपत्र, एक सय २५ मिटर ढलान, सात सय मिटर नाली र छ सय मिटर दुरीमा मेसिनरी पर्खाल निर्माण भएको नगरपालिकाले जनाएको छ । निर्माण व्यवसायीले काम सम्पन्न गरेको जानकारी गराएको, प्राविधिक नापजाँच र मूल्याङ्कन बाँकी रहेको बेनी नगरपालिकाका ईञ्जिनियर सुदिप गौतमले बताउनुभयो ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

बेनी नगरपालिकाको ६, ९, १० हुदै रघुगंगा गाउँपालिकाको ५, ६ र ८ नम्बर वडालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–पाखापानी सडक म्याग्दीको प्राथमिकताप्राप्त आयोजना हो ।

पछिल्लो पाँच वर्षयता क्रमागत योजनाका रुपमा संघीय, प्रदेश सरकारसँग साझेदारी गरेर नगरपालिकाले बेनी–पाखापानी सडकको प्रवेश बिन्दुमा पर्ने सामुदायिक चोक देखिनै स्तरोन्नति गर्दै आएको छ । हालसम्म बेनी देखि जम्रेनीसम्म करिब तीन किलोमिटर सडक ढलान र कालोपत्र भएको छ ।

गण्डकी प्रदेश सरकारको बजेटमा पूर्वाधार विकास कार्यालय म्याग्दीले रु. १० करोड १६ लाख एक हजार तीन सय ६४ को लागतमा बेनी–पाखापानी सडकको भुतेदैला–नेप्टेचौर–तोरीपान खण्डमा चार किलोमिटर सडक स्तरोन्नति गर्ने आयोजना सञ्चालन गरेको छ ।

नगरपालिकाले चालु आर्थिक वर्षमा रु. तीन करोड बजेट बिनियोजन गरेको बेनी–पात्लेखेत सडकको तोरीपानी देखि पात्लेखेततर्फ स्तरोन्नतिको तयारी गरेको नगर प्रमुख सुरत केसीले बताउनुभयो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...