वारागुङ मुक्तिक्षेत्रको तीन वटा वडा जोड्ने सडक निर्माण शुरु

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

मुक्तिनाथ, ः मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको तीन वटा जोड्ने सडक निर्माण शुरु भएको छ ।

वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१, २ र ३ नम्बर वडामा पर्ने रानीपौवा देखि मुक्तिनाथ–पुराङ–झोङ हुदै तेताङ जोड्ने सडकको मार्ग खोल्ने र स्तरोन्नति गर्न आयोजना शुरु भएको हो ।

आयोजना मार्फत रानीपौवा देखि झोङसम्म चार किलोमिटर दुरीमा प्रिमिक्स प्रबिधिको कालोपत्र र झोङ देखि तेताङसम्म सात किलोमिटर नयाँ मार्ग निर्माण गरिने पूर्वाधार विकास कार्यालय मुस्ताङका सूचना अधिकारी घनश्याम रोका मगरले जानकारी दिनुभयो ।

Shreekrishna

“सम्झौता गरेको निर्माण कम्पनीले तेताङ तर्फबाट डोजर परिचालन गरेर ट्याक (मार्ग) निर्माणको काम थालेको छ,” उहाँले भन्नुभयो “रानीपौवा–झोङ खण्डमा कालोपत्रको लागि पहिलो चरणमा सडक फराकिलो बनाउन शुरु भएको छ ।”

गण्डकी प्रदेश सरकारले रु. १० करोड बजेट बिनियोजन गरेको यो आयोजना निर्माणका लागि प्रतिस्पर्धा मार्फत छनौट भएको अमित विल्डर्ससँग वि.स. २०८१ साउन २९ गते रु. सात करोड १५ लाख ६५ हजार सात सयमा ठेक्का सम्झौता भएको थियो ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

वि.स. २०८३ साउन २८ गतेसम्म ठेक्का सम्झौताको म्याद रहेको पूर्वाधार विकास कार्यालय मुस्ताङका प्रमुख अजय श्रेष्ठले बताउनुभयो । यो सडक आयोजनाका लागि प्रदेश सरकारले चालु आर्थिक वर्षमा रु. एक करोड ६० लाख बजेट बिनियोजन गरेको छ ।

प्रदेश सरकारले पर्याप्त बजेट व्यवस्थापन गरेमा निर्धारित समय अगावै सडक निर्माण सम्पन्न गर्ने लक्ष्य सहित मजदुर, उपकरण परिचालन र निर्माण सामग्री व्यवस्थापन गरेको ठेकेदार कम्पनीका प्रतिनिधीले बताएका छन् ।

यो सडक चिन र भारत जोड्ने कालीगण्डकी कोरिडोरको कागबेनी–छुसाङ खण्डको वैकल्पिक सडक हो । कागबेनी देखि दर्शन र पुजाआजाका लागि मुक्तिनाथ मन्दिरमा जाने पर्यटक तथा तिर्थयात्रीहरु यो सडक भएर उपल्लो मुस्ताङ जान सक्नेछन् ।

वारागुङ मुक्तिक्षेत्र, लोघेकर–दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाका बासिन्दा, पर्यटक र तिर्थयात्रीहरुलाई सहज हुने भएकाले यो सडकलाई महत्व तथा प्राथमिकता दिएको मुस्ताङबाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य बिकल शेरचनले बताउनुभयो ।

ओझेलमा परेको तेताङ गाउँलाई विकासको मुल धारमा ल्याउनका लागि पनि यो सडक महत्वपूर्ण हुने उहाँले बताउनुभयो । यो सडकको लागि बहुबर्षीय योजनाको स्रोत सुनिश्चितता गराउनका लागि मुस्ताङबाट निर्वाचित सांसद गौचनले पहल गर्नुभएको थियो ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...