मुस्ताङमा पर्वतीय कला महोत्सव शुरु

Gandaki Kotihome

बेनी, मुस्ताङ मा शुक्रबारदेखि पर्वतीय कला महोत्सव शुरु भएको छ ।
कात्तिक ८ गतेसम्म मुस्ताङका विभिन्न ठाउँमा सञ्चालन हुने महोत्सवमा सहभागी हुन नेपाल सहित विभिन्न सात वटा राष्ट्रका चित्रकारहरु आएका छन् । प्रथम अन्तर्राष्ट्रिय पर्वतीय कला महोत्सवका संयोजक त्रिपल पि गुरुङले परम्परागत सङ्गीत, नृत्य र सांस्कृतिक परम्परालाई चित्रकार माझ बाँड्ने र पर्यटन प्रवर्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको जानकारी दिनुभयो ।

“महोत्सवमा सहभागी चित्रकारहरुले जोमसोम, ठिनी, कागबेनी, मुक्तिनाथ, झोङ, झारकोट, तिरी लगायत ठाउँको अवलोकन गर्दै चित्र कोर्नुहुन्छ,” उहाँले भन्नुभयो “मुस्ताङको पारम्पारिक संगीत, नृत्य र विभिन्न सांस्कृतिक परम्परालाई चित्र कला मार्फत विश्वभर प्रचार गर्ने महोत्सवको उद्देश्य हो ।”

Upper Myagdi transmition line notice
Annapurna aarohan ko notice

महोत्सवमा आउटडोर चित्रकला कार्यशालासँगै फोसिल हन्ट एन्ड स्टोन आर्ट, साउन्ड हिलिङलगायत विभिन्न सांस्कृतिक र साङ्गीतिक कार्यव्रmम गरिने जनाइएको छ । हरेक साँझ फरक फरक स्थानमा काठमाडौँ अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) को संयोजनमा घुम्ती रुपमा हिमाली क्षेत्रका चलचित्र प्रर्दशन गरिने संयोजक गुरुङले बताउनुभयो ।

महोत्सवमा सहभागी हुन थाइल्यान्डका डिरेक किङ्नक र काराज डब्लुएसपी, पोल्यान्डका इवा व्रmुएजकोस्का, रोमानियाका स्टेफन बालोग, भुटानका जामपेल छेदा, इन्डोनेसियाका एमी गोर, ताइवानका छेङ हान वेनलगायतका अन्तर्राष्ट्रिय चित्रकार मुस्ताङ आउनुभएको छ ।

नेपालका चित्रकार सिर्जन राजभण्डारी, एरिना ताम्राकार, हरेराम जोजु, एनबी गुरुङ, वाङ लामा, ध्वज गुरुङ, मनोज तामाङ, नवीन नाल्बो र आकाश गुरुङ पनि महोत्सवमा सहभागी हुनुुभएको छ ।

नेपाल पर्यटन वोर्ड प्रर्वद्धन साझेदार रहेको महोत्सवको प्रायेजक ओम्स होम, रेडहाउस र ठमेल भिल्ला होटलले गरेका छन् । युरोपियन युनियन, स्वीस सरकार विकास सहयोग एमडीसी, दलाई ला, यति एयरलाइन्स, शेर्पा बु्रअरी, हार्मोनिक लिबरेसन र होटल मस्याङ्दी सहयोगी रहेका छन् ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...