काठमाडौ, नेपालको राजनीति तरल अवस्थामा पुगेकाबेला उच्चस्तरीय चिनियाँ टोली काठमाडौ आइपुगेको छ । आज बिहान चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागका सदस्यहरु दलबलसहित काठमाडौं आइपुगेकाहुन ।
उनीहरु भोलि काठमाडौंमा हुने चीन–नेपाल सम्बन्ध, ट्रान्स हिमालय कोपरेशसन सम्बन्धी कार्यक्रममा सहभागी हुनेछन । सो कार्यक्रममा बिआरआईको कार्यान्वयन र बिआरआईसंग सम्बद्ध परियोजनाबारे उनीहरुले धारणा राख्नेछन् । सो टोलीले सरकारका मन्त्री तथा राजनीतिक दलका प्रतिनिधिहरुसँग पनि छलफल गर्नेछ ।