म्याग्दी नदीमा वेपत्ता बालकको शव करिब एक महिनापछि भेटियो

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी, म्याग्दी नदीमा वेपत्ता भएका एक जना बालकको शव करिब एक महिनापछि भेटिएको छ ।

मालिका गाउँपालिका–६ दरवाङको छ्यारछ्यारे स्थित म्याग्दी नदी किनारमा खेल्ने क्रममा गत असोज ४ गते वेपत्ता भएका मालिका गाउँपालिका–१ निस्कोटका ८ वर्षीय सल्मान पट्टेलको शव फेला परेको प्रहरीले जनाएको छ ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

मंगला गाउँपालिका–३ बान्द्रे स्थित म्याग्दी नदी किनारमा भेटिएको शव मृतकका बुवाले सनाखत गरेपछि प्रक्रीया पुरा गरेर बिहिबार परिवारलाई बुझाएको प्रहरी निरीक्षक राजन रायमाझीले बताए ।

Shreekrishna

नदी किनारमा बुधबार साँझ सडेगलेको अवस्थामा शव देखेपछि बुधबार साझँ स्थानीयबासीले प्रहरीलाई खबर गरेका थिए । यसअघि प्रहरी, आफन्त र स्थानीयबासीले नदी किनारमा खोजतलास गरेपनि शव भेटिएको थिएन् ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...