सोवाङ धुरीमा पानी संकलन र भण्डारण गर्न ड्रम राखियो

khali

बेनी, ः प्रशस्त पर्यटकीय सम्भावना बोकेको म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलाको सोवाङ धुरीमा पानी संकलन र भण्डारण गर्न ड्रम राखिएको छ ।

चिमखोला घर भई हाल पोखरामा पर्यटन ब्यवसाय गर्नुहुने तारा गर्बुजा पुन र उहाँका भाई गोपिन पुनले पाँच÷पाँच सय लिटर क्षमताको दुई वटा ड्रम राख्नुभएको हो । सुख्खा याममा सोवाङ धुरी घुम्न जाने पर्यटकहरुको सहजताका लागि आकाशको पानी र हिउँ पगालेर भण्डारण गर्न सोवाङ धुरी देखि दुई सय मिटर तल ड्रम राखेको पुनले बताउनुभयो ।

“उच्च स्थानमा रहेको सोवाङ धुरीको नजिकै पानीको मुहान नभएकाले धेरै तलबाट पानी बोकेर लैजानुपर्ने समस्या हटाउन व्यक्तिगत लगानीमा चिमखोलाको ८ र ९ नम्बर टोलका प्रतिनिधी सहित पुगेर ड्रम राखेको हो,” उहाँले भन्नुभयो “हिउँ पग्लीएर र आकाशको पानी ड्रममा संकलन हुने ब्यवस्था मिलाएका छौ । पर्यटकका साथै गोठालाहरुलाई सुविधा पुगेको छ ।”

Shreekrishna hardwear in news


म्याग्दी र मुस्ताङलाई जोड्ने धौलागिरि आइसफल पदमार्गमा समेटिएको समुन्द्रि सतहदेखि तीन हजार आठ सय ४० मिटर उचाईमा रहेको सोवाङ धुरीमा १० वर्षअघि राखिएको पानी संकलन गर्ने ड्रम पुरानो भएकाले नयाँ राखिएको हो ।

संसारको सातौ ८ हजार १६७ मिटर अग्लो धवलागिरी हिमालको फेद देखि चुचुरो सम्मको दृष्य अवलोकन गर्न पाउन सोवाङ धुरीको मुख्य विशेषता हो । सुर्योदयका साथै गुर्जा, धवलागिरी, अन्नपूर्ण, निलगिरि, मानापाथी, टुकुचे, माछापुच्छ्रे र मनास्लु हिमशङखलाको अवलोकन गर्न सकिन्छ ।

बाग्लुङ बजार, ढोरपाटन शिकार आरक्ष, पुनहिल, मोहरेडाडा, मुल्डे, खोपारा, टोड्केका साथै म्याग्दी र पर्वत जिल्लाका ग्रामिण वस्ती, पहाडी भूगोलको मनोरम दृष्य देखिने चिमखोलाका वकिल पुनले बताउनुभयो ।

khali

सोवाङ धुरी जाने पदमार्गमा पर्ने जंगलमा घोरल, मृग लगायत जनावर र पाँच औले, सेदक चिनी लगायत जडिवुटीहरु अवलोकन गर्न सकिने उहाँले बताउनुभयो । चिमखोलाको मण्डली युवा क्लवले चिमखोला देखि पात्लेखेत– जसलाङ– सिजिखोला– सिजिखर्क– थामखर्क– खोलाखर्क– सिसर्का– तल्लोमेला– उपल्लोमेला– आलेखर्क– नेपाने हुदै सोवाङ धुरी जोड्ने पदमार्ग पहिचान गरेका छन् ।

सोवाङ धुरीबाट रघुगंगा गाउँपालिकाको बेगखोला, अन्नपूर्ण गाउँपालिकाको दोवा, भुरुङ तातोपानी, दाना र मुस्ताङको लेते जान सकिन्छ । चिमखोला देखि हिड्न सक्ने एक दिन र विस्तारै हिडेर दुई दिनमा सोवाङ धुरीमा पुग्न सकिन्छ । अघिल्लो पुस्तासम्म चिमखोलाबासीहरु बर्खा याममा गाईभैसी र भेडाबाख्राको गोठ लिएर सोवाङधुरी पुग्ने र हिउँदमा गाउँ नजिकैको बेशीका फाँटमा झर्ने गर्दथे ।

नयाँ पहिचान भएको पदमार्ग र सोवाङ धुरीको प्रचारप्रसारका लागि ‘दृश्यावलोकन केन्द्र’ स्थापना गरिएको क्लवका अध्यक्ष प्रविन बुढाले बताउनुभयो । “पूर्वाधार र प्रचारप्रसारको कमीले प्रशस्त सम्भावना भएर पनि सोवाङधुरी ओझेलमा परेको छ,” उहाँले भन्नुभयो “पूर्वाधार निर्माणमा पहल, प्रचारप्रसार र प्रर्वद्धनमा जुटेका छौ ।”

व्यवस्थित पदमार्ग, आश्रयस्थल नभएकाले वन्दोबस्तीका सामान सहित जानुपर्छ । सोवाङ धुरी जाने पर्यटकहरु नजिकैको ओडारमा बास बस्ने गरेका छन् । पोखराका पर्यटन व्यवसायी गर्बुजाले सोवाङ धुरीमा शौचालय निर्माण गर्ने योजना बनाउनुभएको छ ।

आश्रयस्थल निर्माण, खानेपानीको व्यवस्थापन र पदमार्गमा संकेत चिन्हहरु बनाउन आवश्यक छ । टुरिजम एजेन्सिज अफ पश्चिमाञ्चल क्षेत्रीय च्याप्टर’ (टान), तत्कालीन जिल्ला विकास समिति म्याग्दीको अगुवाइमा २०६८ सालमा म्याग्दीको गलेश्वर–राखुभगवती हुँदै धौलागिरि आइसफल पदमार्गको अध्ययन गरिएको थियो ।

यस पदमार्गले म्याग्दीको रघुगङ्गा गाउँपालिकाको पिप्ले, भगवती, बेगखोला, दग्नाम, चिमखोला, कुइनेमङ्गले, अन्नपूर्ण गाउँपालिकाको दोबा, भुरुङ तातोपानी, दानालगायतका ठाउँको उच्च पहाडी डाँडाको धुरी हुँदै मुस्ताङको लेते जोडिएको छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...