मुस्ताङमा शुक्रबारदेखि कला महोत्सव

Gandaki Kotihome

जोमसोम, ः मुस्ताङमा यही कात्तिक पहिलो साता प्रथम अन्तर्राष्ट्रिय पर्वतीय कला महोत्सव आयोजना हुने भएको छ ।

परम्परागत सङ्गीत, नृत्य र सांस्कृतिक परम्परालाई चित्रकार माझ बाँड्ने र प्रवर्धन गर्ने उद्देश्यले कात्तिक २ देखि ८ सम्म महोत्सव गर्न लागिएको हो । पारम्पारिक संगीत, नृत्य र विभिन्न सांस्कृतिक परम्पराका लागि मुस्ताङ प्रख्यात छ ।

मार्फा, ठिनी, कागबेनी र जोमसोममा हुने महोत्सवको तयारी अन्तिम चरणमा पुगेको आयोजक समितिका ट्रिपल पी गुरुङले बताउनुभयो । सहभागीहरु बिहिबार सम्म मुस्ताङ आइपुग्ने बताउनुभयो ।

Upper Myagdi transmition line notice
Annapurna aarohan ko notice

महोत्सवमा आउटडोर चित्रकला कार्यशालासँगै फोसिल हन्ट एन्ड स्टोन आर्ट, साउन्ड हिलिङलगायत विभिन्न सांस्कृतिक र साङ्गीतिक कार्यव्रmम गरिने जनाइएको छ । यस्तै काठमाडौँ अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) को संयोजनमा ‘ट्राभलिङ किम्फ’ गरिने छ । जसमा विभिन्न चलचित्र प्रदर्शन हुनेछ् । अस्टोबर २० देखि २४ तारिखसम्म हरेक साँझ दुई घण्टा हिमाली क्षेत्रका नामी चलचित्रहरु देखाइने यो कार्यक्रमलाई काठमाडौ अन्र्तराष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ)ले संयोजन गर्नेछ ।

महोत्सवमा थाइल्यान्डबाट डिरेक किङ्नक र काराज डब्लुएसपी, पोल्यान्डबाट इवा व्रmुएजकोस्का, रोमानियाबाट स्टेफन बालोग, भुटानबाट जामपेल छेदा, इन्डोनेसियाबाट एमी गोर ताइवानबाट छेङ हान वेनलगायतका अन्तर्राष्ट्रिय चित्रकारले सहभागिता जनाउने छन् । नेपालका चित्रकार सिर्जन राजभण्डारी, एरिना ताम्राकार, हरेराम जोजु, एनबी गुरुङ, वाङ लामा, ध्वज गुरुङ, मनोज तामाङ, नवीन नाल्बो र आकाश गुरुङको सहभागिता हुनेछ ।

नेपाल पर्यटन वोर्ड प्रर्वद्धन साझेदार रहेको महोत्सवको प्रायेजक ओम्स होम, रेडहाउस र ठमेल भिल्ला होटलले गरेका छन् । युरोपियन युनियन, स्वीस सरकार विकास सहयोग एमडीसी, दलाई ला, यति एयरलाइन्स, शेर्पा बु्रअरी, हार्मोनिक लिबरेसन र होटल मस्याङ्दी सहयोगी रहेका छन् ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...