बेनीमा डेङ्गुको जोखिम बढ्यो

khali

बेनी, ः म्याग्दी सदरमुकाम बेनी बजारमा केही समय यता डेङ्गु रोग फैलिएको छ ।

असोजको तेस्रो हप्तायता डेङ्गुबाट सर्बसाधारण बिरामी हुने दर बढेको हो । बेनी अस्पतालका मेडिकल रेकर्डर अनिल सापकोटाका अनुसार असोज महिनामा मात्र अस्पतालमा एक सय ७७ जना डेङ्गुका बिरामीको उपचार भएको छ ।

“असोजको २० गतेदेखि यता बेनी अस्पतालमा पहिचान भएका डेङ्गीका बिरामीको संख्या एक सय एक जना छ,” उहाँले भन्नुभयो “निजी किल्निकमा परिक्षण गरेका र जिल्ला बाहिर उपचारमा जानेको विवरण हामीसँग हुदैन् ।”

Shreekrishna hardwear in news

गत साउन महिनायता बेनी अस्पतालमा दुई सय ४७ जना डेङ्गीका बिरामीको उपचार भएको छ । पाँच जना अस्पतालमा भर्ना भएर उपचार गराइरहेका छन् । डेङ्गीसँगै स्क्रब टाइफसका बिरामी पनि बढेका मेडिकल रेकर्डर सापकोटाले बताउनुभयो ।

khali

साउन महिनायता ६२ जनामा स्क्रब टाइफसका बिरामी पहिचान भएकामा १७ जना असोज महिनाका हुन् । गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयका अनुसार म्याग्दीका एक जनाको डेङ्गीका कारण ज्यान गएको छ ।

असारदेखि कात्तिकसम्म डेंगु सङ्क्रमणको बढी जोखिम हुने चिकित्सक बताउँछन् । समयमा उपचार नभए डेंगुबाट बिरामीको मृत्युसमेत हुनसक्ने भएकाले विशेष स्वास्थ्य सचेतना अपनाउन बेनी अस्पतालका चिकित्सक गोविन्द पोख्रेलले सुझाव दिनुभयो ।

बेनी अस्पतालले थप किटको ब्यवस्थापन गरेर डेङ्गु परिक्षणको दायरा बढाएको जनाएको छ । डेंगुको भाइरस फैलाउने लामखुट्टे खाल्डाखुल्डी, पुराना टायर, ड्रम, भाँडाकुडा आदिमा जम्मा भएको पानीमा बस्ने हुँदा तिनलाई खाली गराउन बेनी नगरपालिकाले गलेश्वर र बेनी बजारमा सचेतनामुलक कार्यक्रम गरेको जनस्वास्थ्य अधिकृत चन्दन सुवेदीले बताउनुभयो ।

डेंगु ‘एडिस एजिप्टाई’ जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने गर्छ । यो लामखुट्टले जम्मा भएको सफा पानीमा फुल पार्ने र लार्भा हुर्काउने गर्छ । डेंगुको सङ्क्रमणपछि एक्कासी उच्च ज्वरो आउने, रक्तस्राव हुने, टाउको, शरीर दुख्नेजस्ता लक्षण देखा गर्ने जनाइएको छ ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...