ताकमकोतको ठेलो फाल्ने प्रतियोगितामा अशोक खत्री नवौ पटक बिजयी

Gandaki Kotihome

ताकम ः तत्कालीन थापा राजाको पालामा आठ सय वर्षअघिदेखि म्याग्दीको धवलागिरी गाउँपालिका–७ स्थित ताकमकोतमा वडादशैको महानवमी पर्वको अवसरमा हुदै आएको ठेलो (छेलो) फाल्ने प्रतियोगितामा नवौ पटक ताकमका अशोक खत्री बिजयी हुनुभएको छ ।

ताकमकोतमा शुक्रबार भएको परम्परागत ठेलो फाल्ने प्रतियोगिताको उपाधी धवलागिरी गाउँपालिकाको वडा नम्बर ७ का ३५ वर्षीय अशोक खत्रीले जित्नुुभएको हो । सोही वडाका अध्यक्ष समेत रहेका खत्रीले नवौ पटक ताकमकोतको ठेलो फाल्ने प्रतियोगिताको उपाधी जितेर इतिहाँस बनाउनुु भएको हो ।

आठ दशमलब पाँच किलोग्राम तौल भएको फलामको छेलोलाई सहभागी ३२ जना मध्य सबैभन्दा टाढा फालेका खत्रीलाई ‘माल’ घोषणा गरिएको ताकमकोत पुुजा व्यवस्थापन समितिका सदस्य रिम प्रकाश थापाले बताउनुुभयो । यसअघि नौपटक सम्म ताकमकोतको ठेलो फाल्ने प्रतियोगिता कसैले पनि जितेका थिएनन् ।

Shreekrishna hardwear in news

“प्रतियोगितामा ताकम र आसपासका गाउँका ३२ जना युवाहरुले सहभागिता जनाएका थिए,” ताकमकोत व्यवस्थापन समितिका सहसचिव तेजिन्द्र थापाले भन्नुुभयो “पश्चिम म्याग्दीको महत्वपूर्ण शक्तिपिठ मानिने ताकमकोतको ठेलो प्रतियोगितामा बिजयी हुनेलाई यस क्षेत्रमा माल भनेर सम्मान गरिन्छ ।”

Notice about ban dadalo

बि.स. २०७१ देखि २०७७ सम्म लगातार सात पटक उपाधी जितेका खत्रीले २०७८ मा सहभागिता जनाउनुुभएको थिएन् । २०७९ मा मालिका गाउँपालिका १ निस्कोटका याम परियारसँग पराजित हनुुभएको थियो । निरन्तरको अभ्यास, शारिरिक ब्यायम र स्वच्छ खानपानले उपाधी जिताउन सहयोग गरेको खत्रीले बताउनुभयो ।

खत्रीलाई गण्डकी प्रदेशसभा सदस्य तथा पुर्व मन्त्रि रेशम बहादुुर जुुग्जाली, धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुुन, ाउपाध्यक्ष रेशम पुुनमगर, पुुर्व उपाध्यक्ष रेशम छन्त्याल लगायतले फेता गुटाएर सम्मान गर्नुुभएको थियो ।

स्थानीयबासीहरुले खत्रीलाई काँधमा बोकेर बाजागाजा सहिह ताकमकोत परिक्रमा गराएका थिए । माललाई फेता गुुटाएर सम्मानका साथै नगद उपहार दिने चलन छ । म्याग्दीको प्रमुख शक्तिपिठ ताकमकोतमा जगन्नाथ, अन्नपूर्ण, दुर्गा लगायत देवी देवताको मुर्ती रहेका यहाँ नवदुर्गा, जेष्ठी पुर्णीमा, मंसिर पुर्णीमा, चैत्राष्टमी पर्वका अवसरमा बिशेष मेला लाग्ने गर्छ ।

वि.स १२४६ देखि १५४५ सम्म बगाले थापाको र १५४६ देखि १८८२ सम्म मल्ल राजाले कोत घरको रुपमा समेत प्रयोग भएको उक्त मन्दिरमा ऐतिहाँसिक महत्वका तोप, तरबार, खुँडा, खुकुरी, ढाल लगायतका हातहतियार छन् । जगन्नाथ अन्नपूर्ण मन्दिरमा पुजाआजा र भाकल गरेमा मनोकाक्षा पुरा हुने विश्वास रहेको मन्दिरका पुुजारी हेमनाथ पौडेलले बताउनुभयो ।

महानवमी पर्वको अवसरमा परम्परागत चलन अनुसार ताकमकोतमा मच्छिमका छन्त्याल र काफलडाडाका मगर समुदायले पुुख्र्यौली नाच र हिलापोखरीका कलाकारहरुले नौमती बाजा प्रस्तुत गरेका थिए ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...