पाउद्धार तल्लो गाउँमा आमा समूहको भवन निर्माण

khali

बेनी, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारको तल्लो गाउँमा खयर भारानी आमा समूहको भवन निर्माण भएको छ ।

करिब रु. २० लाखको लागतमा निर्माण भएको दुई तले भवनको अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवा तिलिजा पुनले मंगलबार उद्घाटन गर्नुभएको थियो ।

आर्थिक वर्ष २०७८÷७९ देखि शुरु भएको भवन निर्माण कार्यमा श्रमदान सहित रु. १९ लाख ६५ हजार खर्च भएको पाउद्धार तल्लो गाउँ टोल सुधार समितिका अध्यक्ष हरिप्रसाद तिलिजाले बताउनुभयो ।

Shreekrishna hardwear in news
khali

अन्नपूर्ण गाउँपालिकाले दुई वटा आर्थिक वर्षमा रु. छ लाख पचास हजार बजेट बिनियोजन गरेको सो भवन निर्माणका लागि दाताहरुले रु. दश लाख ६५ हजार सहयोग र स्थानीयबासीले रु. दुई लाख पचास हजार बराबरको श्रमदान गरेका अध्यक्ष तिलिजाले बताउनुभयो ।

सभाहल सहितको भवन निर्माण भएपछि भेला, बैठक, तालिम सञ्चालन, सांस्कृतिक कार्यक्रम र भोज भतेर आयोजना तथा आमा समूहका भाडाकुडा र अन्य सामग्री भण्डारण गर्न सहज भएको छ ।

भवन उद्घाटन कार्यक्रममा अन्नपूर्ण गाउँपालिका–५ का वडा अध्यक्ष राजेश तिलिजा, वडा सदस्य पूर्णबहादुर पाईजा लगायतको उपस्थिति रहेको थियो । आमा समूह र स्थानीयबासीहरुले नाचगान गरेर खुसीयाली मनाएका थिए ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...