दरवाङमा मासु र डेरि पसल अनुगमन

khali

दरवाङ, । म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङ बजारमा मंगलबार मासु र डेरी पसलहरुको अनुगमन भएको छ ।

भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको आयोजनामा १३ वटा मासु, चार वटा डेरी र एक वटा भेटेरीनरी औषधी पसल अनुगमन गरिएको हो । अनुगमनमा मालिका गाउँपालिका, इलाका प्रहरी कार्यालय दरवाङ र उद्योग वाणिज्य संघको मालिका बजार इकाईका प्रतिनिधी पनि सहभागी थिए ।

khali

भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख पशु चिकित्सक डा. भरत रेग्मीले चार वटा मासु र एक वटा भेटेरीनरी औषधी पसल दर्ता नभएको पाइएको बताउनुभयो । “दर्ता नभएका पसललाई नियम अनुसार प्रक्रीया पुरा गरि व्यवसाय सञ्चालन गर्न निर्देशन दिएका छौ,” उहाँले भन्नुभयो, “दर्ता भएका पसलहरुलाई पनि सरसफाई र आधारभूत मापदण्ड पुरा गर्न निर्देशन दिएका छौ ।”

Shreekrishna hardwear in news

मासु पसलहरुमा टायल लगाउन, हात धुने बेसिन बनाउन, सिसा÷जालीको झ्याल ढोका, स्टेनलेस स्टिलको हतियार प्रयाग गर्न र नियमित निसङमण गर्न सुझाव दिइएको रेग्मीले बताउनुभयो । डेरी पसललाई लिटर नाप्न प्रयोग हुने सामग्रीलाई स्टेनलेस स्टिलको बनाउन सुझाव दिइएको छ ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...