धौलागिरिमा हराएका पाँच आरोहीको दुई दिनपछि शव भेटियो

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

सन्तोष गौतम
बेनी, म्याग्दी स्थित धौलागिरि हिमाल आरोहणका क्रममा दुई दिनअघि हराएका पाँच जना पर्वतरोही मंगलबार मृत भेटिएका छन् ।

धौलागिरि हिमालको हाईक्याप आधार शिविरबाट आइतबार देखि हराएका रसीयाका आरोहीहरुको शव मंगलबार सात हजार एक सय मिटरको उचाईमा भेटिएको हो ।

रसीयाका अलेक्जेन्डर दुशेको, ओलेग कुर्गलोभ, भ्लालिमिर चिस्तिकोभ, मिखाइल नोसेन्को र डिमित्री शालिलेभोइको शव भेटिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठले पुष्टि गर्नुभएको छ ।

Shreekrishna

उहाँका अनुसार हाईक्यापमा बास बसेर त्यहाँ देखि माथि जाने क्रममा आइतबार दिउँसो ११ बजेदेखि सम्पर्क बिहिन भएका पर्वतारोहीहरुको हेलिकप्टर मार्फत खोजी गर्ने क्रममा मृत भेटिएका हुन । घटनास्थलबाट हेलिकप्टर मार्फत शव ल्याउने तयारी भएको डिएसपी श्रेष्ठले बताउनुभयो ।

हराएका पर्यटक खोज्न हेलि एभरेष्टको हेलिकप्टर परिचालन भएको थियो । उनिहरु आइ एम टे«कीङ एण्ड एक्सपीडिसन मार्फत धौलागिरि हिमाल आरोहणका लागि आएका थिए ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

धौलागिरि हिमाल आरोहणका क्रममा सात हजार छ सय मिटर उचाईमा उनिहरु दुर्घटनामा परेको अनुमान गरिएको छ । आरोही समूहका एकजना भालेरी शामालोलाई फस्ट क्याम्पबाट उद्धार गरी काठमाडौं लगिएको छ । चौथो क्याम्पमा पुगेपछि माथि जान अप्ठेरो भएका कारण उनी तल ओर्लेका थिए ।

संसारको सातौँ (८,१६७ मिटर) अग्लो धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्छ । चालु शरदयाममा एक वटा समूहका १४ जना पुरुष पर्वतारोहीले धवलागिरी हिमाल आरोहणका लागि अनुमति लिएका पर्यटन विभागले जनाएको छ ।

मृतक आरोहीहरुको अंग्रेजी नाम

Missing Russian Nationals @ Dhaulagiri Himal

  1. Aleksandr Dusheyko
  2. Oleg Kruglov
  3. Chistikov Vladimir
  4. Nosenko Mikhail
  5. Shpilevoz Dmitri

स्रोत जिल्ला प्रहरी कार्यालय म्याग्दी

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...