कालीगण्डकी भेलमा फसेको गोरुको एक दिनपछि सकुशल उद्धार

Gandaki Kotihome

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ र ५ को सिमाना भएर बग्ने कालीगण्डकी नदीको भेलको बिच भागमा अड्कीएको गोरुको एक दिनपछि सकुशल उद्दार गरिएको छ ।

अन्नपूूर्ण गाउँपालिका–४ गाडपारका डिलबहादुुर तिलिजाको गोरुलाई बिहिबार दिउँसो तीन बजेतिर कालीगण्डकी नदीले बगाएर करिब चार किलोमिटर तल भुरुङ्ग तातोपानी कुण्ड नजिकै ल्याएर बिच भागमा अड्किएको थियो ।

भुरुङ्ग तातोपानीका बासिन्दा अमृतमान शेरचनले बेनी नगरपालिका–९ गलेश्वरका रमेश पुर्जा पौडिएर गोरु अड्कीएको नदीको बिच भागमा पुगेर शुक्रबार दिउँसो करिब तीन बजेतिर उद्धार गरिएको जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news

“कालीगण्डकीको भेलको बिच भागमा खोलाले बगाएर ल्याएको गोरु अड्कीएको देखेपछि प्रहरी, शसस्त्र प्रहरीले उद्दारको प्रयास गरेपनि सफल भएको थिएन्,” उहाँले भन्नुभयो “सुरक्षाकर्मी जान नसकेको ठाउँमा सर्वसाधारण रमेश पुर्जा पुुगेर गोरुलाई नदीको भेलबाट सकुशल बाहिर निकाल्न सहयोग गर्नुभयो ।”

Notice about ban dadalo

कम्मरमा रसी बाँधेर पौडिएर कालीगण्डकीको भेल पार गरेर गोरु भएको ठाउँमा पुग्नुभएका रमेशले साथै लगेको अर्को रसी घाँटीमा बाधिदिनुभयो । भुुरुङ्ग तातोपानीतर्फ भएका स्थानीयबासीहरुले गोरुको घाँटीमा बानेको रसी तानेर किनारमा ल्याउन सफल भएका थिए । गोरु तारेपछि रमेश पनि पौडिएर खोलाको बिच भागबाट सकुशल किनारमा फर्कनुभएको थियो ।


सवारी धनी शर्मीला तिलिजाले चरनका लागि जंगलमा छोडेको गोरु हराएको कालीगण्डकीको बिच भागमा अड्कीएको भेटिदाँ निराश बन्नुभएको थियो । करिब २४ घण्टा पानीको बिच भागमा उभिएको गोरुलाई बाहिर निकालेपछि स्थानीयले तेल लगाइदिएका थिए । तिलिजाले खुसी हुदै रमेशलाई धन्यवाद दिनुभयो र गोरुलाई हिडाएर घर लैजानु भएको छ ।

बेनी नगरपालिका –९ गलेश्वरका रमेशले यसअघि पनि खोलामा फसेका मानिस र पशुहरुको उद्दार गर्नुभएको छ । वि.स. २०७५ मा रघुगंगा गाउँपालिका–१ तिप्ल्याङमा यात्रुु सहित कालीगण्डकीमा खसेको जिप, गलेश्वरको राहुघाट नदीमा पौडी खेल्ने क्रममा डुबेका बालकको खोजी, राहुघाट र कालीगण्डकीको दोभानमा फसेको कुकुर र पर्वतको लस्ति स्थित कालीगण्डकी नदीमा फसेको गाईको उद्दारमा रमेशले योगदान गर्नुभएको थियो ।

सानै उमेरदेखि पौडी खेल्न रुची राख्ने रमेशबाट नदीमा हराएका मानिस खोज्नका लागि सुरक्षाकर्मीहरुले पनि सहयोग लिने गर्छन् । साहासी रमेशलाई गोरुको उद्दार गरेपछि तातोपानीका बासिन्दाहरुले शुक्रबार सम्मान गरेका थिए ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...