धवलागिरीको नेरवाङमा पशु स्वास्थ्य शिविर

khali

बेनी ः म्याग्दीको धवलागिरी गाउँपालिका–४ नेरवाङमा पशु स्वास्थ्य तथा बाँझोपन निवरण शिविर सम्पन्न भएको छ ।

भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दी र धवलागिरी गाउँपालिकाको पशु सेवा शाखाको आयोजनामा सोमबार शिविर सम्पन्न भएको हो । शिविरमा ५२ जना किसान लाभान्वित भएका भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका योजना शाखा प्रमुख सुभाष रेग्मीले बताउनुभयो ।

khali

एक हजार पाँच सय ८३ पशुपक्षीको औषधी उपचार गरिएको छ । एक सय २८ भैसी, चार सय ४४ गाई, छ सय २७ कुखुरा, २१ घोडा खच्चर, सात बिरालो, तीन सय ५६ बाख्राको औषधी उपचार गरिएको रेग्मीले बताउनुभयो ।

Shreekrishna hardwear in news

केन्द्रका प्रमुख डा. भरत रेग्मी, योजना शाखा प्रमुख सुभाष रेग्मी, प्राविधिक नानुका कट्टेल लगायतको टोलीले सेवा दिनुभएको थियो । गाईभैसीलाई आन्तरिक र बाह्य परजिवी विरुद्ध तथा लक्षणका आधारमा औषधी वितरण गरिएको थियो ।

नेरवाङका किसानहरु गाउँबाट टाढा रहेको पशु सेवा केन्द्रमा पुगेर सेवा लिन नसकेकाले गाउँमै शिविर आयोजना गरेको वडा अध्यक्ष यामप्रसाद घर्तीले बताउनुभयो । मुदी गाउँदेखि नेरवाङ पुग्न चार घण्टा जंगल, भिर र खोल्साको बाटो पैदलयात्रा गर्नुपर्छ । मुदीसम्म सडक पुगेको छ ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...