नारच्याङमा प्रसुति गृह स्थापना

Shreekrishna hardware

नारच्याङ, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा बर्थिङ सेन्टर (प्रसुति गृह) स्थापना भएको छ ।

गाउँमै सहज र सुरक्षित प्रसुति सेवा उपलब्ध गराउन निलगिरिखोला हाइड्रोपावरको सहयोगमा भवन निर्माण गरेर अन्नपूर्ण गाउँपालिकाले नारच्याङ स्वास्थ्य चौकीमा प्रसुति गृहको सेवा विस्तार गरेको हो ।

अन्नपूर्ण गाउँपालिका–४ नारच्याङका वडा अध्यक्ष लोकबहादुर फगामीले नयाँ भवन निर्माण र आवश्यक स्वास्थ्य सामग्री व्यवस्थापन गरेर मापदण्ड अनुसारको प्रसुति गृह स्थापना गरेको जानकारी दिनुभयो ।

Shreekrishna

“निलगिरिखोला जलविद्युत आयोजनाको सामाजिक उत्तरदायित्व कार्यक्रमको बजेटबाट निर्माण भएको भवनमा गाउँपालिकाले स्वास्थ्य सामग्री खरिद गरेर प्रसुतिगृह स्थापना गरिएको हो,” उहाँले भन्नुभयो “नारच्याङका महिला सुरक्षित प्रसुति सेवाका लागि गाउँ छाडेर जानुपर्ने समस्या हटाएका छौ ।”

नारच्याङका गर्भवतिहरु यसअघि प्रसुति सेवाका लागि भुरुङ्ग तातोपानी स्वास्थ्यचौकी, बेनी अस्पताल र पोखराका अस्पतालमा जाने गरेका थिए । प्रसुतिगृह स्थापनाका लागि गाउँपालिकाले नारच्याङमा तालिमप्राप्त स्वास्थ्यकर्मी खटाउनुका साथै पछिल्लो कार्यपालिका बैठकले सुचिकृत गरेको थियो ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

प्रसुतिगृहको दुई तले छ कोठे भवन निर्माणका लागि निलगिरिखोला जलविद्युत आयोजनाले रु. २८ लाख ४९ हजार सात सय ३० सहयोग गरेको वडा अध्यक्ष फगामीले जानकारी दिनुभयो । नारच्याङ स्वास्थ्य चौकी परिसरमा निर्माण भएको भवनको भुई तलामा प्रसुतिगृह स्थापना भएको छ । माथिल्लो तलाको तीन वटा कोठामा स्वास्थ्यकर्मीहरुलाई आवासको व्यवस्था मिलाइएको छ ।

अन्नपूर्ण गाउँपालिकाले बिनियोजन गरेको रु. दश लाख बजेटबाट प्रसुतिगृह सञ्चालनका लागि आवश्यक सामग्री खरिद र जडान गरिएको स्वास्थ्य शाखा प्रमुख समुन्द्र बरुवालले बताउनुभयो । प्रसुति गृहको सोमबार अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुन र वडा अध्यक्ष लोकबहादुर फगामी पुनले उद्घाटन गर्नुभएको थियो । सो कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्मा कडेल, वडा अध्यक्ष र कार्यपालिका सदस्यहरुको पनि उपस्थिति थियो ।


आठ वटा वडा रहेको अन्नपूर्णको वडा नम्बर १ दोवा र वडा नम्बर ३ दाना बाहेकका स्वास्थ्य चौकीमा सुरक्षित प्रसुति सेवा उपलब्ध छ । जोखिमयुक्त प्रसुतिका कारण हुने जोखिम न्युनीकरण गरि बच्चा र आमाको स्वास्थ्यमा सुधार ल्याउन अन्नपूर्णलाई ‘होम डेलीभरी’ शून्य बनाइएको अध्यक्ष पुनले बताउनुभयो ।

अन्नपूर्ण गाउँपालिकामा आर्थिक वर्ष २०८०÷०८१ मा शत प्रतिशत ९१ जनाले सुरक्षित प्रसुति सेवा लिएका थिए । घरमै बच्चा जन्माउँदा आमा र बच्चाको ज्यान खतरामा पर्नुका साथै महिलाहरुमा विभिन्न समस्याले सुत्केरीपछि सताइरहने हुँदा घरमै सुत्केरी हुनेको संख्या शून्य बनाइएको हो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...