अन्नपूर्णमा ‘कृषि एम्बुलेन्स’ शुरु

Shreekrishna hardware

बेनी,। म्याग्दीको ग्रामिण क्षेत्रमा रहेको अन्नपूर्ण गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालन गरेको छ । किसानले उत्पादन गरेको कृषि उपज बजारीकरणका लागि कृषि एम्बुलेन्स सञ्चालन गरेको हो ।

किसानलाई सहज रूपमा तरकारी, फलफूल, दुध, माछा मासु तथा अन्य उपभोग्य सामग्री बिक्री गर्न र उपभोक्तालाई पनि सहुलियत दरमा खरिद गर्न सजिलो होस् भनेर कृषि एम्बुलेन्स सञ्चालन गरिएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो ।

“गत आर्थिक वर्षमा खरिद गरेको कृषि एम्बुलेन्सले आइतबारदेखि सेवा दिन शुरु गरेको छ,” उहाँले भन्नुभयो “कार्यविधि बनाएर सहुलियत दरमा कृषि उपज ढुवानीको व्यवस्था मिलाएका छौ ।” गाउँपालिकामा मौजुदा तीन जना सवारी चालक मध्य फुर्सदमा हुनेलाई कृषि एम्बुलेन्स चलाउन लगाउने व्यवस्था मिलाएको अध्यक्ष पुनले बताउनुभयो ।

Shreekrishna

सिङ्गल क्यापको बोलेरो जिपमा कृषि उपज सढ्नेगल्ने नहोस् भनेर एसी जडान गरिएको छ । कृषि एम्बुलेन्समा दुध, ताजा तरकारी, आलु, सुन्तला लगायतका कृषि उपज सुरक्षित रुपमा भण्डारणसँगै ढुवानी गर्न सकिन्छ । आवश्यकता अनुसार चिस्यान कायम गर्न सकिने कृषि एम्बुलेन्स भित्र राखेको कृषि उपज सडे गलेर नोक्सान हुने जोखिम कम हुन्छ ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

एम्बुलेन्सले सेवा दिन थालेपछि कृषकहरुलाई ढुवानीका लागि सहज भएको अन्नपूर्ण गाउँपालिका–६ घारको धौलागिरि बहुउद्देश्यीय कृषि फार्मका सञ्चालक शिव खड्काले बताउनुभयो । खड्काले आइतबार कृषि एम्बुलेन्समा दूध र दही बिक्री गर्न मुस्ताङको टुकुचे पुग्नुभएको थियो ।

संघीय सरकार र गाउँपालिकाको लागत साझेदारीमा रु. ३६ लाख १२ हजारमा एम्बुलेन्स खरिद भएको थियो । आर्थिक वर्ष २०८०–०८१ मा सङ्घीय सरकारबाट प्राप्त भएको रु. १९ लाख ८० हजार र गाउँपालिकाको रु. १७ लाख ३२ हजार खर्च भएको हो । रु. २५ लाख ७० हजारमा खरिद गरिएको गाडीमा कुलिङ स्टिम प्रविधि र एसोसेरिट जडान गर्दा रु. दश लाख ४२ हजार खर्च भएको गाउँपालिकाले जनाएको छ ।

कृषि एम्बुलेन्स सञ्चालन गर्ने अन्नपूर्ण गाउँपालिका म्याग्दीको पहिलो स्थानीय तह बनेको छ । अन्नपूर्णको नागी, राम्चे, हिस्तान, टिकोट, घराम्दी, शिख, खिवाङ, पाउद्धारमा आलु, साग, बन्दा, काउली र किवीको ब्यवसायिक खेती हुन्छ ।

बिरौटा, दोसल्ले, औला, महभिर, पोखरेबगर, भुरुङ तातोपानी, दाना र नारच्याङको तल्लो भेगमा ब्यवसायिक सुन्तलाखेती तथा दोवा, दाना र मान्द्रेढुङ्गा क्षेत्रमा स्थानीय जातको सिमी खेती हुने गरेको छ । सडक भएको गाडी पुग्ने ठाउँमा कृषि एम्बुलेन्सले सेवा दिने भएपछि कृषकलाई सहज भएको छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...