झिँमा रैथाने जौ र उवाको ‘ब्राण्डीङ’ परियोजना

khali

झिँ, ः म्याग्दीको रघुगंगा गाउँपालिका–५ झिँमा रैथाने बाली जौ र उवा उत्पादन तथा ‘ब्राण्डीङ’ परियोजना शूरु भएको छ ।

गण्डकी प्रदेशको मुख्यमन्त्रि तथा मन्त्रिपरिषद् कार्यालयको नवप्रर्वद्धन साझेदारी कार्यक्रम अन्तर्गत झिँमा रैथाने जौ र उवा बालीको व्यवसायिक खेतीको विकास र किसानको आयआर्जन वृद्धिमा सहयोग पु¥याउने उद्देश्यले परियोजना लागू भएको हो ।

प्रदेश सरकारको ७५ प्रतिशत र गाउँपालिकाको २५ प्रतिशत साझेदारीमा रु. एक करोड लागतको परियोजना शुरु भएको रघुगंगा गाउँपालिका–५ का वडा अध्यक्ष मनबहादुर शेरमञ्जाले जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news

“लोप हुदै गएको रैथाने जौ र उवा बालीको संरक्षण गरी विभिन्न खाद्य परिकार बनाएर बजारीकरण गर्ने उद्देश्यले परियोजना शुरु गरेका हौ,” उहाँले भन्नुभयो “जौ र उवाको उत्पादसँगै किसानहरुलाई गाउँमै आम्दानीको अवसर सिर्जना हुने अपेक्षा गरेका छौ ।”

khali

परियोजना मार्फत झिँका २०० घर परिवार लाभान्वित हुनेछन् । तीन सय रोपनी क्षेत्रफल जमिनमा जौ र उवा खेती गरिने भएको छ । परियोजना मार्फत जौ र उवा प्रसोधन गरेर कुकिज र बिस्कुट उत्पादन गर्ने उद्योग सञ्चालन गर्ने लक्ष्य रहेको रघुगंगा गाउँपालिकाका कृषि अधिकृत दिपक सिंहले बताउनुभयो ।

किसानहरुलाई सूचिकरण गरि रैथाने जौ र उवा बालीको महत्व जानकारी गराउने, मिनिटेलर हलो, साना सिचाई, कम्बाइन मिल, ब्रस कटर, थ्रेसिङ मेसिन, सुकाउने त्रिपाल, भण्डारण गर्ने मेटलबिन, कुकिज, बिस्कुट बनाउन र पिठोलाई ब्राण्डीङ, प्याकेजिङ गर्न आवश्यक सामग्री उपलब्ध गराइने उहाँले बताउनुभयो ।

झिँका होटल र होमस्टेमा जौ र उवाको परिकार बनाउने सिप हस्तान्तरणका लागि तालिम सञ्चालन गर्ने कार्यक्रम बनाइएको छ । जौ र उवाको पिठोलाई ढिडो र सातुका रुपमा बिक्री गर्ने लक्ष्य रहेको छ । पोषिलो खाद्यान्न जौ र उवाको पछिल्लो समय खेती घटेको छ । आगामी २०८२ जेठ महिनाभित्र परियोजना सञ्चालन हुनेछ् ।

जौ हिन्दु धर्मावलम्बीहरुको र जौको सातु वौद्ध धर्मावलम्बीहरुको धार्मिक कार्यमा अनिवार्य मानिन्छ । जौको आटो, पिठोको ढिडो र सातु बनाएर उपभोग गर्न सकिन्छ । उवालाई भुटेर खाजा खाने गरिन्छ । सुख्खा र खडेरी सहने जौ पहाडी र हिमाली क्षेत्रको मुख्य खाद्यबाली हो । युरोपका देशमा जौबाट रोटी, पाउरोटी, बियरलगायत बनाउने गरिन्छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...